IME Life
Beema Board

महालक्ष्मी लाइफको नाफा करिब १५  प्रतिशतले बढ्दा जीवन बीमा कोष ३ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले १ अर्ब १६ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ४ दशमलव २२ प्रतिशतले बढेको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३२ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा ७ करोड २४ लाख थियो । नाफा १४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २७ करोड ४० लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम २४ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ५५ दशमलव ७७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ८ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १ अर्ब ९८ करोड थियो ।

कम्पनीको खुद दावी भुक्तानी ४६ दशमलव ९२ प्रतिशतले वृद्धि हुँदै १८ करोड ३८ लाख पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS