IME Life

सर्वाधिक महंगो युनिलिभरको मुनाफा ६९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ४०५ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक महंगो युनिलिभर नेपालको मुनाफा ६९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाशिक अवधिमा ३७ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

मुनाफामा बृद्धि भए सँगै प्रतिशेयर आम्दानी पनि ह्वात्तै बढेको छ । पछिल्लो मुनाफा अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४०५ रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा प्रतिशेयर आम्दानी २३९ रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा तीन अर्ब ७० करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा उत्पादन बिक्री गरेर एक अर्ब ९६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको थियो । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २४ हजार ८०० रुपैयाँ भन्दा माथि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS