IME Life
Beema Board

प्रभु लाइफको नाफा करिब ३१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ३ अर्ब ७४ करोड माथि 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले १ अर्ब ४६ करोड माथि खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

तेश्रो त्रैमाससम्म कम्पनीले १३ करोड २३ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १० करोड १३ लाख थियो । नाफा ३० दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५९ करोड ७२ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा कोषको रकम ३१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ३७ दशमलव ९० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७४ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा २ अर्ब ७१ करोड थियो ।

कम्पनीको खुद दावी भुक्तानी ८४ दशमलव ७४ प्रतिशतले वृद्धि हुँदै हुँदै ५१ करोड १० लाख पुगेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ८३ पैसा र प्रति शेयर नेट्वर्थ १३२ रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS