IME Life
Beema Board

नेपाल लाईफको ब्यापार ३ प्रतिशतले मात्र बढ्यो, अंकित मूल्य नजिकै प्रति शेयर नेटवर्थ !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले २७ अर्ब २५ करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले २६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन ३ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले ४४ करोड ६५ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी १९ करोड ४५ लाख नोक्सानीमा थियो ।

Prabhu
Crest

८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४८ करोड ६७ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष १९ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ५७ अर्ब पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १ खर्ब ३१ अर्ब थियो ।

कम्पनीको खुद दावी भुक्तानी ११ दशमलव ४४ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ८२ करोड पुगेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ २५ पैसा र प्रति शेयर नेट्वर्थ ११६ रुपैयाँ ०१ पैसा रहेको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ हुँदा प्रति शेयर नेट्वर्थ अंकित मूल्यको नजिक देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

30%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS