IME Life
Beema Board

आधारभूत रूपमा बलियो हुँदै रिलायबल लाइफ, जीवन बीमा कोष ४८%ले बढेर ६ अर्ब २० करोड माथि संचिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार तेश्रो त्रैमाससम्म कम्पनीले २८ करोड ५७ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा २१ करोड ६ लाख थियो । नाफा ३५ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

९ महिनामा कम्पनीले २ अर्ब ७४ करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन करिब साढे ८ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

२ अर्ब ८० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब ३४ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ३० दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ४८ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब २० करोड पुगेको छ। एक वर्ष अघि जीवन बीमा कोषमा ४ अर्ब १८ करोड थियो ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा र प्रति शेयर नेट्वर्थ १५३ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

3%

दु :खी

0%

अचम्मित

34%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS