IME Life

सेयर बजारलाई उठ्नै नदिने गरी कक्रक्क पार्ने योजनामा किन लाग्यो धितोपत्र बोर्ड ?

SPIL
NIC ASIA

सेयर बजार माग र आपुर्तिको आधारमा मूल्य घटबढ् भएर चल्छ भन्ने कुरा नेपाल धितोपत्र बोर्ड र त्यसका अध्यक्ष रमेश हमाललाई बुझाउनुपर्ने हैन तर अहिले भए भरका कम्पनीहरुको सेयर आपुर्ति ल्याएर बजारलाई टाउको उठाउँनै नदिने योजनामा उनी लागेका छन् । बजारमा लगानीकर्ताको मनोबल खस्किएर चरम निराशा छाएको बेला यसरी आपुर्तिको बाढी ल्याउनुपर्ने कुनै कारण थिएन । लगानीकर्ताहरु चरम निराशाको चरणबाट गुज्रिरहेको बेला उनीहरुलाई मनोबल बलियो बनाउने र आपुर्ति नियन्त्रण गरी माग बढाउने योजनाहरु धितोपत्र बोर्डबाट आउनुपर्ने थियो तर बोर्डका अध्यक्ष हमाल र अधिकारीहरुको दिमाग चाँही उल्टो किन घुमिरहेको छ भन्ने बारेमा कसैले बताउँन सकेका छैनन् ।

बजारमा लगानीयोग्य रकम नभएर दैनिक कारोबार रकम २२ अर्बबाट ५०-६० करोडमा सिमित बनेको बेला बजारको अर्बौ रकम तान्ने गरी घोराही सिमेन्टलाई महंगो प्रिमियममा आईपीओ जारी गर्न किन दिनुपरेको होला ? आफ्नै कर्मचारीलाई तलव ख्वाउने, संचय कोषको रकम जम्मा गर्नेसम्मको पैसा नभएर छटपटाईरहेको मिडिया हाउसलाई सेयर बजारबाट करोडौ उठाउने गरी किन आईपीओ स्वीकृति दिईएको होला ? लगानीकर्ताले बर्षौ लाभांश नपाउने खालका र नेटवर्थ नै ऋणात्मक रहेका हाईड्रोहरुको आईपीओको बाढी यही बेला किन ल्याउनु परेको होला ?

Prabhu
Crest

पब्लिक कम्पनीहरुलाई आईपीओ ल्याउन दिनुपर्छ र राम्रा राम्रा कम्पनीहरु सेयर बजारमा आउनुपर्छ, यसमा विबाद गर्नुपर्ने हैन तर आईपीओको बाढी ल्याउने यो उपयुक्त समय थिएन । जुन बेलामा आपुर्ति नियन्त्रण गर्नुपर्ने हो, त्यसबेला आपुर्थि थेगिनसक्नु गरी बढाईएको छ र यसले बजारलााई थप संकटग्रस्त बनाएको छ भन्ने मात्र हो । अझ धितोपत्र सम्बबन्धी नियमहरुमा रातारात परिवर्तन गरी खराब कम्पनीहरुलाई बजारमा आउँन सजिलो पारिएको कुरा आश्चर्यजनक छ ।

आईपीओले पहिलो बजारको पैसा तानेको भन्ने हैन, दोस्रो बजारलाई नै हानेको मान्नुपर्छ । जब कम्पनीहरुले आईपीओ बिक्री गर्छन, सर्बसाधारणले किन्छन् र सूचीकृत भएपछि त्यो दोस्रो बजारमा आउँछ । दोस्रो बजारमा पनि त्यसलाई मूल्य बढाबढ गरेर अलिकति बचेको तरलता तानिन्छ । पुराना कम्पनीको भन्दा नयाँ आईपीओ ल्याएका कमजोर र खराब कम्पनीका सेयर मूल्य माथि पुग्छन् । पहिलेदेखि नै बजारमा रहेका कम्पनीको सेयर मूल्य घट्दै जान्छ र पहिलेदेखि नै बजारमा टिकीरहेका कम्पनीका लगानीकर्ताहरु संकटमा पर्छन । माग भन्दा आपुर्ति धेरै भएकाले अहिलेको बजारमा देखिएको परिदृश्य यही हो । बजारको अबस्था धितोपत्र बोर्डले विचार गरेको भए राम्रादेखि गए गुज्रेकासम्मका कम्पनीहरुको आईपीओको बाढी अहिले नै ल्याउनु पर्ने थिएन, बजारको अबस्था सुधार भएपछिको चार-पाँच महिना पछाडि ल्याउँदा पनि आकाश खस्ने थिएन । तर स्वार्थ समूहको प्रभावमा परेर हो वा अन्जानबश हो धितोपत्र बोर्डका अधिकारी यही बेला बजारलाई थप संकटग्रस्त पार्न उद्यत देखिएका छन् । यसमा ठूलो आर्थिक चलखेलको आशंका गर्नुपर्ने अबस्था आईसकेको छ ।

माथिका ज्वलन्त प्रश्नहरुको जवाफ नदिएसम्म धितोपत्र बोर्डका अधिकारीहरु कुनै गुप्त योजनामा लागेर सेयर बजारलाई ध्वस्त पार्ने, लगानीकर्ताको मनोबल बलियो बन्नै नदिने पक्षमा छन् भन्ने आरोपमा पर्याप्त आधार छन् भन्ने स्पष्ट हुन्छ । लगानीकर्ता दिनहुँ बजारबाट भागिरहेको बेला बजारमा टिकिरहेका थोरै लगानीकर्तालाई पनि आईपीओको भारी बोकाउँदा उनीहरु पनि भागिदिए भने यिनीहरुले कसलाई भारी बोकाउँछन् रु आईपीओ ल्याउन चाहने कम्पनी मालिकको मात्रै सल्लाहमा धितोपत्र बोर्ड चल्ने हो भने बजार क्र्यासमा पुग्दा अध्यक्ष रमेश हमाल चाँही सुरक्षित होलान् ?

बजारमा लगानीयोग्य रकम अभाव र लगानीकर्तामा रहेको चरम निराशा हटाउँन धितोपत्र बोर्डले के गरेको छ ? कोहीसँग पनि जवाफ छैन । यस्तो बेलामा त ठूला संस्थागत लगानीकर्तालाई हुल्ने, संचालनमा आउन नसकेको मार्जिन ट्रेडिङ्गको ब्यवस्थालाई कार्यान्वयनमा ल्याउने, लगानीकर्ताले सेयर धितोमा सहज रुपमा कर्जा पाउने लगायतका सेयर बजारमा रकम प्रवाह सहज पार्ने अनेक उपायहरु धितोपत्र बोर्डले अबलम्बन गर्नसक्दथ्यो तर त्यतातिर फिटिक्कै कदम नचाली एकोहोरो आपुर्ति मात्र बढाउने धितोपत्र बोर्डका अधिकारीहरुको नियतमै खोट देखिन्छ । नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर थप गर्ने जस्ता कुराहरु देखाएर धितोपत्र बोर्डले आपुर्ति बढाईएको कुराको आधार पुष्टि गर्न खोज्छ भने त्यो लगानीकर्ताको आँखामा छारो हालिएको मात्र हो किनभने त्यसले तत्कालै माग बढाउने कुनै आधार छैन ।

धितोपत्र बोर्ड सर्बसाधारण लगानीकर्ताको हकहितका लागि स्थापना भएको हो र धितोपत्र बोर्ड सम्बन्धी ऐनको प्रस्तावनामै त्यो उल्लेख छ तर अहिले बोर्डका अध्यक्ष र अरु अधिकारीहरु सर्बसाधारण लगानीकर्ताको हित प्रतिकुल काम गरेर कम्पनीका मालिकहरुको सेवामा लागेका प्रष्टै देखिएको छ । बजारमा माग र आपुर्तिको सन्तुलनको अबस्था नहेरी एकोहोरो आपुर्तिको बाढी मात्रै ल्याउँदा कसको हित भएको छ ? प्रत्यक्ष नियमन नभएका कम्पनीहरुका आईपीओको बाढी ल्याएर संस्थापकहरुलाई जथाभावी सेयर बिक्री गर्न दिँदा त्यसले सर्बसाधारण लगानीकर्ताको कसरी हित गरेको छ ? सेयर बजारका सर्बसाधारण लगानीकर्ता परिपक्व नभएको अहिलेको अबस्थामा जस्तोसुकै कम्पनीलाई पनि सेयर बजारमा हुल्दा कसरी सर्बसाधारणको हित गरेको ठहर्छ ?

आम लगानीकर्ताको मनमा उठेका यस्ता अनगिन्ति प्रश्नहरुको जवाफ दिन नसक्ने हो भने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि बुढानीलकण्ठलाई भेटी चढाएको रकम असुल्ने धन्दा चलाएको आक्षेप लाग्छ र उनले बाँकी १०, ११ महिनाको कार्यकालमा बदनामीको दाग लिएर विदा हुनुपर्नेछ । हामी चाहन्छौ उनले त्यसो गर्न नपरोस् । ब्रोकर लाईसेन्स बाँड्दा हमालले कमाल गरे भन्नेहरु उल्टै उनलाई सराप्न अघि नसरुन् । आम सर्बसाधारण लगानीकर्ताको हित र पूँजी बजारको बिकासमा राम्रो काम गरेको उदाहरणसहित उनको जय जयकार नै होस् तर पछिल्ला घटनाक्रमले त्यसको उल्टो अबस्था देखिदै छ किन ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

9%

दु :खी

9%

अचम्मित

18%

उत्साहित

27%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS