Connect IPS
IME Life
Beema Board

लगातार दुर्घटनामा परेका चार हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ६० करोड भन्दा माथिको दाबी तिर्नु पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार दुर्घटनामा परेका चार वटै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमै रहेको छ । चार वटा दुर्घटना मध्ये तीन वटा दुर्घटना मात्रै सञ्चार माध्यममा आए । तर हेलि एभरेष्टकै एउटा दुर्घटना भने सार्वजनिक भएन । उक्त दुर्घटनामा कम्पनीले साढे चार करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

आज दुर्घटनामा परेको सिम्रिक एयरको (9N-AKF) हेलिकप्टरको बीमा पनि सगरथामै रहेको छ । आज भएको दुर्घटनामा अहिलेसम्म मानविय क्षति भइसकेको छैन । यस भन्दा अगाडीका तीन वटै दुर्घटनामा पनि मानविय क्षति भएन । ह्याम्स हस्पिटलबाट भरतपुर उडानका क्रममा ‘टेल रोटर ब्लेड’ खुस्किएपछि एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर  दुर्घटनामा परेको थियो । त्यस्तै हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर धौलागिरी आधार शिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

Prabhu
Crest

चार वटै बीमा साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गराएको थियो । मर्जर पछि सगरमाथा लुम्बिनी बन्नेको कम्पनीमा लगातार हेलिकम्पटरको दाबी आउने क्रम बढेको छ । लगातार दुर्घटनामा पर्दा कम्पनीले एक अर्ब भन्दा बढीको दाबी भुक्तानी गर्नु पर्ने अवस्था आएको छ ।

कम्पनीका अनुसार सबैभन्दा पहिला दुर्घटनामा परेको हेलि एभरेष्ट बाहेक दुई वटाको क्षति मूल्याङ्कन भइरहेको छ । यि दुई दुर्घटनाबाट मात्रै कम्पनीले ३५ देखि ४० करोड रुपैयाँको दाबी भुक्तानी गर्नु पर्ने देखिएको छ । सर्भेयरले मूल्याङ्कन प्रतिवेदन बुझाइसकेका छैनन् । नेपालका सर्भेयरहरुलाई विदेशी पुनर्बीमा कम्पनीहरुले विश्वास गर्दैनन् । त्यसैले सर्भेरका लागि विदेशबाटै ल्याउनु पर्ने बाध्यता छ ।

एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टरको बीमाङ्क रकम ८ लाख अमेरिकी डलर अर्थात १० करोड ३९ लाख रुपैयाँ मध्ये ६ करोड भन्दा माथिको दाबी भुक्तानी गर्नु पर्ने प्रारम्भिक आकलन छ । हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टरको बीमाङ्क रकम भने २३ लाख डलर अर्थात २९ करोड ८७ लाख रुपैयाँ बराबरको रहेको छ । यो पुर्ण रुपमा क्षति भएकोले लगभग बीमाङ्क रकम हाराहारो दाबी भुक्तानी गर्नु पर्ने हुन सक्छ । दुबै दुर्घटनामा मानवीय क्षति भएन ।

सगरमाथाले जति पनि हेलिकप्टरको बीमा गराएको छ ति सबैमा ०.२५ प्रतिशत मात्रै रिटेन्सन बोकेको छ । कम्पनीले एक प्रतिशत मध्ये आफुले ०.२५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले ०.७५ प्रतिशत जोखिम बहन गर्ने गरेका छन् । बाँकी ९९ प्रतिशत जोखिम विदेशी पुनर्बीमा कम्पनीहरुले बहन गर्ने गरेका छन् ।

सगरमाथाले गरेका हवाइ बीमाको पुनर्बीमाको लिड अमेरिकाको आइओएन इन्स्योरेन्स कम्पनीले गरेको छ । यस बाहेक धेरै वटा पुनर्बीमा कम्पनीहरुले जोखिम लिएका छन् ।

हवाइजहाजको तुलनामा हेलिकप्टर दुर्घटना कम हुने भएकाले बीमा कम्पनीहरुले रिटेन्सन बढाउदै आएका थिए । तर यस दुर्घटनाबाट नेपाल पुनर्बीमा कम्पनी र सगरमाथा लुम्बिनीले लगभग ३० देखि ४० लाख रुपैयाँको दाबी भुक्तानी गर्नु पर्ने देखिएको छ । विगत लामो समयदेखि हेलिकप्टर दुर्घटना भइरहेको थिएन तर पछिल्लो समय दुर्घटनाको क्रम बढिरहेको छ । दुर्घटनाको अनुपात बढ्ने वित्तीकै बीमा शुल्कमा पनि धेरै नै बृद्धि हुन्छ ।

दुर्घटनामा परेका दुवै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ३० करोड भन्दा माथिको दाबी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS