IME Life
Beema Board

दुर्घटनामा परेका दुवै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ३० करोड भन्दा माथिको दाबी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार दुर्घटनामा परेका दुई हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा रहेको छ । हिजो शनिवार ह्याम्स हस्पिटलबाट भरतपुर उडानका क्रममा ‘टेल रोटर ब्लेड’ खुस्किएपछि एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर  दुर्घटनामा परेको थियो । भने आज हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर धौलागिरी आधार शिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

हिजो दुर्घटनामा परेको हेलिकप्टरको बीमाङ्क रकम ८ लाख डलर अर्थात १० करोड ३९ लाख रुपैयाँ रहेको छ । यसमा ५/६ हजार अमेरिकी डलर बराबरको मात्रै क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ । खासै ठुलो क्षति हुनबाट टरेको यस दुर्घटनाको क्षति मूल्याङ्कनका लागि पुनर्बीमा कम्पनीबाटै सर्भेयर झिकाइएको सूचना अधिकारी विश्व नाथ अधिकारीले जानकारी दिए ।

Prabhu
Crest

त्यस्तै आज विहान ११ बजे दुर्घटनामा परेको हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टरको बीमाङ्क रकम भने २३ लाख डलर अर्थात २९ करोड ८७ लाख रुपैयाँ बराबरको रहेको छ । दुबै दुर्घटनामा मानवीय क्षति भने भएको छैन । हेली एरेष्टकी महिला पाइलटको सकुशल उद्दार गरिएको छ । उनको खुट्टा भाचिएको छ । हेलिकप्टर पुर्ण क्षति भएको पाइएकाले बीमाङ्क बराबरकै दाबी पर्न सक्ने अनुमान गरिएको छ । सामान्यतया हेलिकप्टर दुर्घटनाका क्रममा पङ्खामा समस्या पर्ने वित्तीकै इन्जिनमा असर पर्ने विज्ञहरुको भनाइ छ । आज मात्रै दुर्घटनामा परेकाले कम्पनीले पुनर्बीमा कम्पनीबाटै सर्भेयर झिकाएको छ ।

दुबै हेलिकप्टरको कुल बीमाङ्क मध्ये सगरमाथा लुम्बिनीले ०.२५ प्रतिशत रिटेन्सन लिएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीले ०.७५ प्रतिशत रिटेन्सन लिएको छ । बाँकी ९९ प्रतिशत जोखिम विदेशी पुनर्बीमा कम्पनी सँग रहेको छ । पुनर्बीमाको लिड भने अमेरिकाको आइओएन इन्स्योरेन्स कम्पनीले गरेको छ । यस बाहेक धेरै वटा पुनर्बीमा कम्पनीहरुले जोखिम लिएका छन् ।

आज दुर्घटनामा परेको हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टरबाट मात्रै सगरमाथाले २२ लाख ४० हजार रुपैयाँ बराबरको क्षति दाबी भुक्तानी गर्नु पर्नेछ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीले ७४ लाख ६९ हजार बराबरको क्षति दाबी भुक्तानी गर्नु पर्नेछ ।

हिजो दुर्घटनामा परेको एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टरको क्षति बापत खासै ठुलो रकम भुक्तानी गर्नु पर्ने देखिदैन । नेपालमा धेरै लामो समयदेखि हेलिकप्टर दुर्घटना परेको थिएन । तर कमजोर भिजिव्लिटी तथा हावाको बहावमा हुने परिवर्तनका कारण क्षति बढ्न थालेको छ । पाइलटले हावाको बहावलाई मूल्याङ्कन गर्न नसक्दा बढि दुर्घटना हुने गरेको छ ।

हवाइजहाजको तुलनामा हेलिकप्टर दुर्घटना कम हुने भएकाले बीमा कम्पनीहरुले रिटेन्सन बढाउदै आएका थिए । तर यस दुर्घटनाबाट नेपाल पुनर्बीमा कम्पनी र सगरमाथा लुम्बिनीले लगभग ३० देखि ४० लाख रुपैयाँको दाबी भुक्तानी गर्नु पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

43%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS