IME Life
Beema Board

हिमालयन रिले धितोपत्र निष्काशन सम्बन्धी नियमावली संशोधन गराउदैमा प्रिमियममा आइपिओ निष्काशन गर्न पाउला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गराएर प्रिमियममा आइपिओ निष्काशन गर्ने भित्री रणनीतिमा जुटेको छ । धितोपत्र बोर्डले नियमावली संशोधनका लागि प्रधामन्त्री कार्यालयमा पठाएको छ । मन्त्रिपरिषदबाट नियमावली संशोधन भएर आउने क्रममा प्रिमियममा आइपिओ निष्काशन गर्न तीन आर्थिक वर्षको लेखापरीक्षण गराउनु पर्नेको ठाउँमा एक वर्षको लेखापरीक्षण गराए पुग्ने भन्ने व्यवस्थालाई संशोधन गराउने यस समुहको तयारी छ ।

कम्पनी उच्च व्यवस्थापनले मन्त्रालयमा संशोधनको तयारी गर्नु अगाडी नेपाल बीमा प्राधिकरणमा प्रिमियममा आइपिओ निष्काशन गर्न मिल्छ कि मिल्दैन भनेर सोधेको थियो । प्राधिकरणले ‘यदि प्रचलित कानुनी व्यवस्था अनुसार मिल्यो भने हामी अनुमति दिन तयार छौ’ भन्ने ग्रिन सिङ्गनल दिए पछि कम्पनी उच्च व्यवस्थापन धितोपत्र बोर्डको नियमावली संशोधनमा जुटेको हो ।

Prabhu
Crest

धितोपत्र बोर्डबाट प्रस्ताव लैजादा आलोचना हुने भए पछि मन्त्रालयबाटै संशोधन गर्ने दाउ हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छा लगायतका व्यवसायीको रणनीति रहेको छ । गोल्छा लगायत यस समुहका व्यवसायीहरुले सरकारदेखि तथा उच्च तहका नेताहरु सँग राम्रो पहुँच राख्छन् ।

यस समुहले प्रिमियममा आइपिओ निष्काशन गर्ने रणनीति धितोपत्र बोर्डको धितोपत्र निष्काशन सम्बन्धी नियमावली संशोधन मार्फत बनाए पनि त्यसले सार्थकता भने पाउने देखिदैन । धितोपत्र निष्काशन तथा दर्ता सम्बन्धी नियमावली भन्दा ठुलो कम्पनी ऐन हुन्छ ।  कम्पनी ऐनको दफा २९ को उपदफा ४ मा प्रिमियम मूल्यको शेयर जारी गर्न कार्यालयको स्वीकृत माग गर्दा तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ भनिएको छ ।

ऐनमा नै तीन आर्थिक वर्षको लेखापरीक्षण आवस्यक पर्नेछ भनिएकाले धितोपत्र बोर्डले नियमावलीमा एक वर्षको व्यवस्था राखेर संशोधन गराउदैमा अहिले नै हिमालयन रिले प्रिमियममा आइपिओ निष्काशनको अनुमति पाउनै सक्दैन ।

कम्पनी स्थापना हुन नपाई प्रिमिमयमा आइपिओ निष्काशन गर्ने गलत अभ्यास बीमा कम्पनीहरुमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रिमियममा आइपिओ निष्काशन गर्न नपाउने भन्दै स्पष्ट व्यवस्था गरिदिएकाले बैंक तथा वित्तीय संस्थाले समयमै आइपिओ निष्काशन गर्ने गरेका छन् ।

तर नेपाल बीमा प्राधिकरणले आधार मूल्यमै आइपिओ निष्काशन गर्नु पर्ने कुनै कानुनी व्यवस्था नभएको हुँदा कम्पनी ऐन तथा धितोपत्र निष्काशन सम्बन्धी कानुनमा निष्काशन गर्न गर्न पाउने व्यवस्था छ भने हामी अनुमति दिन तयार छौ भन्दै आइरहेको छ ।

बीमा कम्पनी सर्वसाधारणको बीमा गराउन स्थापित कम्पनी हुन् । उनिहरुको व्यवसाय आम सर्वसाधारणमै केन्द्रित हुने भएकाले उनिहरुलाई सर्वसाधारणका लागि आइपिओ जारी गर्न बाध्य बनाइएको हो । तर बीमा कम्पनीहरुले भने प्रिमिमयमा आइपिओ निष्काशन गरेर सर्वसाधारण लगानीकर्ताहरु सँग प्रिमियम असुल गर्ने रणनीतिमा छन् ।

प्रिमियममा आइपिओ निष्काशन गर्दा कम्पनीको पूँजी त बलियो होला तर आजका दिनमा तीन सय रुपैयाँमा खरिद गरेको शेयरले ३०० रुपैयाँ कति वर्षमा फिर्ता गर्छ भन्ने प्रश्नको उत्तर बीमा कम्पनी सँग छैन ।

कयौ वर्ष अगाडी आइपिओ निष्काशन गरेका बीमा कम्पनीहरुले अहिलेसम्म पनि आइपिओ बराबरको लाभांश दिन सकेका छैनन् । अहिले प्रिमियममा आइपिओ निष्काशन गर्ने कम्पनीले शेयरधनीहरुलाई प्रिमियम बराबरको लाभांश फिर्ता गर्न दुई दशक भन्दा लामो समय कुर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS