IME Life
Beema Board

आइपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफका यी हुन् सर्वाधिक ठुला लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आधारभुत शेयरधनीको संख्या २२ रहेको छ । कम्पनीमा आधारमुत शेयरधनीहरुले ६२ प्रतिशत हिस्सा ओगटेका छन् । जसमा सर्वाधिक धेरै कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रवालको ७.४३ प्रतिशतका दरले लगानी रहेको छ । कान्तिपुर पब्लिकेसनको सिटिजन लाइफमा १३ लाख कित्ता अर्थात १३ करोड रुपैयाँ लगानी छ ।

अर्को ठुलो लगानी विकास जवरा, शुष्मा राना र यति वर्ल्ड इन्भेष्टमेन्टको ५.१४ प्रतिशतका दरले लगानी रहेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष प्रदिपजङ्ग पाण्डेको ४.२९ प्रतिशत लगानी रहेको छ । एयर डाइनेष्टि हेली सर्भिसको ३.०६ प्रतिशत लगानी छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पनि २.२९ प्रतिशत लगानी छ । यहि अनुपातमा उर्मिला पाण्डेको पनि लगानी छ ।

Prabhu
Crest

अन्य लगानीकर्ताहरु क्रमश राजेन्द्र प्रसाद श्रेष्ठ २ प्रतिशत, अनुजा लक्ष्मी धिताल, सुजन बैद्य श्रेष्ठ र क्याविनेट श्रेष्ठको १.३७ प्रतिशतका दरले लगानी रहेको छ । गुडवलि फाइनान्स र प्रिमियर वायरको १.७१ प्रतिशतका दरले लगानी छ । हिमालयन इन्फ्राष्ट्रक्सनक १.१४ प्रतिशत, राम अग्रवाल १.८९ प्रतिशत लगानी छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष पृथ्वी बहादुर पाडे र शिखर इन्स्योरेन्सको १.२३ प्रतिशतका दरले, सन्दिप पख्रिन लाफा र सौगात पाख्रिन लामाको १.२९ प्रतिशतका दरले लगानी रहेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १९० रुपैयाँ प्रिमिमय सहित २९० रुपैयाँको दरले आइपिओ निष्काशन गर्दैछ । प्राथमिक शेयर निष्काशन पछि आधारभुत शेयरधनीहरुको हिस्सा घट्नेछ । साथै एक प्रतिशत भन्दा धेरै शेयर हुने लगानीकर्ताको स्वामित्वमा पनि कमि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS