IME Life
Beema Board

सिटिजन लाइफका सिइओ पौडेलको वार्षिक तलब सुविधा एक करोड २७ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको वार्षिक तलब सुविधा एक करोड २७ लाख रुपैयाँ रहेको छ । पौडेलले गत आर्थिक वर्ष २०७८/७९ मा वार्षिक तलब तथा अलाउन्सेस बापत ८२ लाख १८ हजार ६५० रुपैयाँ प्राप्त गरेका छन् । जवकी उनको यस भन्दा अघिल्लो आर्थिक वर्षको वार्षिक तलब तथा अलाउन्सेस ७३ लाख ३४ हजार थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उनले तलब अलाउन्से लगायत अन्य सेवा सुविधा सहित कुल  ८८ लाख ४ हजार रुपैयाँ बुझेका थिए ।

गत वर्षको भन्दा यस वर्ष तलव सुविधा र इन्सेन्टिभ बढेको छ । पहिलो कार्यकाल पुरा भएर दोस्रो कार्यकाल सुरु गरेकाले पनि उनको तलब सुविधामा बृद्धि भएको हो ।

Prabhu
Crest

सिटिजन लाइफले नियम अनुसार पौडेललाई ७ लाख ७९ हजार रुपैया बोनस, इन्सेन्टिभ बापत ३७ लाख रुपैयाँ दिएको छ । पौडेलले यस भन्दा अघिल्लो आर्थिक वर्षमा नियमन अनुसार मुनाफाबाट १४ लाख ५१ हजार रुपैयाँ बोनस सुविधा पाएका थिए । कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब सुविधा बाहेक सवारी साधन सुविधा पनि उपलब्ध गराएको छ ।

समिक्षा अवधिमा सञ्चालक समितिका सञ्चालकहरुले बैठक भत्ता बापत ६ लाख ८१ हजार रुपैयाँ बुझेका छन् । अन्य प्रबन्धक तथा व्यवस्थापनका पदाधिकारीहरुको तलब भत्तामा ५ करोड ९३ लाख खर्च भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS