IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १७ गते विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ४.७४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी १२ अर्ब २३ करोड रुपैयाँको ४.७५ प्रतिशत अर्थात ५१ करोड ५८ लाख रुपैयाँ बोसन शेयर वितरण गरे सँगै चुक्ता पूँजी १२ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

सञ्चालक समितिले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने भएको छ । नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाए पछि मात्रै साधारणसभामा पेश गर्नेछ । साधारणसभाले लाभांश स्वीकृत गरे पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

कम्पनीले गत वर्ष पनि ५ प्रतिशत बोनस शेयर र बोनस शेयर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस भन्दा अगाडी पहिलो पटक कम्पनीले शेयरधनीहरुलाई १६.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित २.५ प्रतिशत सहित १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

1682829169852

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS