IME Life
Beema Board

अझै ४७.३९ प्रतिशत अभिकर्ताले गरेनन् नविकरण, प्रकृयाँ पुरा गरेकाले एसएमएसबाटै नविकरणको जानकारी पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार अझै ४७.३९ प्रतिशत जीवन बीमा अभिकर्ताले नविकरण गरेका छैनन् । २ लाख १८ हजार अभिकर्ता मध्ये अहिलेसम्म एक लाख १४ हजार अभिकर्ताले नविकरण गरेका छन् । बीमा अभिकर्तालाई यहि चैत मसान्त भित्रमा नविकरणको समय दिइएको थियो ।

बीमा ऐन अनुसार बीमा अभिकर्ताले चैत मसान्त भित्रमा नविकरण गरिसक्नु पर्ने व्यवस्था छ । एक पटक नविकरण गराइसकेका अभिकर्ताले तीन वर्षसम्म नविकरण गराउनु पर्दैन । प्राधिकरणले ऐन जारी भए पछि परीक्षा प्रणालीबाट लाइसेन्स लिएका अभिकर्तालाई तीन वर्षको म्याद दिएको हुँदा उनिहरुले यस पटक नविकरण गर्नु पर्दैन ।

Prabhu
Crest

बीमा प्राधिकरणले चैत ६ गतेदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न मिल्ने व्यवस्था मिलाएको थियो । एउटा मात्रै बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएकाले भुक्तानी सेवा प्रदायक इसेवा, आइएमई पे लगायतबाट सिधै नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । तर दोहोरो अभिकर्ता लाइसेन्स लिएकाको हकमा भने कुनै एउटा कम्पनी छनोट गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । नविकरण शुल्क भुक्तानी गरेका अभिकर्ताले अवको केहि समय भित्रै एसएमएस तथा इमेल मार्फत नविकरण भएको आधिकारिक सूचना प्राप्त गर्न सक्ने छन् ।

आजदेखि नविकरण गर्न चाहनेले बैशाख र जेठसम्मको हकमा एक सय रुपैयाँ हर्जना सहित ३०० रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । असार महिनाको हकमा भने २०० रुपैयाँ नविकरण शुल्क, एक सय रुपैया हर्जर र असार एक गतेदेखिको हकमा दैनिक ५ रुपैयाँका दरले हर्जना तिर्नु पर्नेछ । यो सुविधा पनि असार मसान्तसम्म मात्रै पाइनेछ । यदि असार मसान्त भित्रमा नविकरण गर्न नसकेमा लाइसेन्स नै खारेज हुनेछ । त्यस पछि अभिकर्ता बन्न चाहेमा परीक्षा दिएर पुनः लाइसेन्सको प्रकृयाँ पुरा गर्नु पर्नेछ ।

कुन कम्पनीले कति गरे

सर्वाधिक धेरै अभिकर्ता लाइसेन्स सम्पन्न गर्नेमा एलआइसी नेपाल रहेको छ । कम्पनीले आफ्ना कुल अभिकर्ता मध्ये ६९.२० प्रतिशतको नविकरण गराउन सफल भएको छ । संख्याका हिसावले सबैभन्दा धेरै नेपाल लाइफका १६ हजार ९५६ जना अभिकर्ताले लाइसेन्सका लागि आवेदन दिएका छन् । जवकी नेपाल लाइफ सँग ३८ हजार ४०४ अभिकर्ताको विवरण अध्यावधिक भएको छ ।

अहिलेसम्म दोस्रो ठुलो धेरै अभिकर्ता लाइसेन्स नविकरण गराउनेमा सिटिजन लाइफ छ । सिटिजन लाइफले १३ हजार ५९१ जना अभिकर्ताको लाइसेन्स नविकरण गराएको छ । बीमा कम्पनीहरुले अहिलेसम्म एक चरणमा सक्रिय रहेका अभिकर्ताको लाइसेन्स नविकरण गराएका छन् ।

सबैभन्दा कम अभिकर्ता राष्ट्रिय बीमा संस्थामा रहेका छन् । संस्थानमा १३५५ अभिकर्ताले लाइसेन्स नविकरण गराएका छन् । यूनियन लइफमा पनि १२ हजार १८१ अभिकर्ताले लाइसेन्स नविकरण गराएका छन् । कम्पनी सँग २० हजार ९१४ जना अभिकर्ता छन् । सुर्यज्योतीमा पनि ११ हजार ६५९ जना अभिकर्ताले लाइसेन्स नविकरण गराएका छन् । बाँकी कम्पनीहरु नेशनल लाइफ ५ हजार ९८३ जना, मेट लाइफ ३ हजार ६४८ जना, एशियन लाइफ ७ हजार ७८२, गुराँस लाइफ २ हजार ९४९, प्राइम लाइफ २२०८, आइएमई लाइफ ८ हजार ८७५, सन नेपाल ५ हजार १३६, सानिमा रिलायन्स ८ हजार ५२६, रिलायबल नेपाल २ हजार १३३ जना, प्रभु लाइफ ३ हजार ३८७, महालक्ष्मी लाइफ ४ हजार ४०९ जना अभिकर्ताले नविकरण गराएका छन् ।

निर्जीवन तर्फ पनि नविकरण गराउनेको संख्या एकदमै कम छ । हालसम्म १७२० जना अभिकर्ताले मात्रै नविकरण गराएका छन् । निर्जीवन बीमा कम्पनीहरुमा अभिकर्ता लाइसेन्स नविकरणका लागि जम्मा ३ हजार ४३५ जना मात्रै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS