IME Life

प्रकाशकीय : बीमा क्षेत्रका वेथिती र विकृतिलाई चिर्दै जिम्मेवार मिडियाको रुपमा अर्धदशकको यात्रा

SPIL
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको पहिलो व्यवसायीक अनलाइन पत्रिकाको रुपमा पाँच वर्ष अघि बामे सर्दै अघि बढेको  इन्स्योरेन्स खबर डट कम छैठौं बसन्तमा पाइला टेक्न आइपुगेको छ । ‘बीमा सचेतनाका लागी इन्स्योरेन्स खबर’ मूल नारा सहित स्थापना गरिएको यस अनलाइन पत्रिकाले छैठौं वर्षमा पाइला टेकेको सुखद अवसरमा हाम्रा पाठक र शुभचिन्तकहरु माझ खुशी साट्न पाउँदा हामीलाई गर्व लागेको छ ।

देशमा बीमाको पहुँच बिस्तारका लागी चौतर्फी प्रयास भइरहेका बेला पछिल्लो समयमा देखा परेको महँगी र आर्थिक मन्दीले बीमालाई आम नागरिकको पहुँचबाट टाढा बनाउने खतरा देखा परेको छ । सीमित आम्दानीबाट गरेको बचत रकमलाई भविष्यको आर्थिक सुरक्षाका लागी बीमामा लगानी गर्ने सर्वसाधारणको अभ्यासमा अहिले देखा परेको महँगी र मन्दीको मारले अंकुश लगाउने चुनौती छ । बढ्दो ब्याज दरका कारण ऋण लिएरै कारोबार गर्ने व्यापारीहरु मर्कामा पर्दा ठूलो बीमांकको जीवन बीमा हुन सकेको छैन ।

Crest
Meta Holidays

निर्जीवन बीमा व्यवसायमा प्रत्यक्षरुपमा मन्दीको प्रभाव तत्काल देखा नपरेपनि पछिल्ला दुई महिनादेखि जीवन बीमा व्यवसायको वृद्धि दरमा सुस्तता देखा परिसकेको छ । केही जीवन बीमकको प्रथम बीमाशुल्क आम्दानी वृद्धि दर उल्टोगतीमा अघि बढ्नु समग्र बीमा क्षेत्रकै लागि शुभ संकेत होइन ।

खान पिउनका लागी नै पैसा नपुग हुँदा दीर्घकालका लागी लगानी गर्नुपर्ने जीवन बीमा प्राथमिकतामा नपर्नु स्वाभाविक हो । यो अवस्थामा राज्यले महँगी नियन्त्रणका लागी कठोर कदम नचालेसम्म आम नागरिकले सहज जीवन यापन गर्न सक्ने र सीमित आम्दानीबाट बचत गर्न सक्षम हुनसक्ने अवस्था छैन ।

निराशाको माहौल भइरहेका बेला सूचना प्रविधिको प्रयोगलाई अझ घनिभूतरुपमा लैजानका लागी समग्र बीमा उद्योग नै अग्रसर देखिनु शुभ संकेत हो । भविष्य प्रति सकारात्मक सोंचका साथ अघि बढेको यो उद्योगले विद्युतीय माध्यमबाटै बीमालेख प्रवर्द्धन गर्ने, बिक्री गर्ने, जारी गर्ने, दाबी आवेदन लिने, भुक्तानी फर्छ्यौट गर्ने अभ्यास पनि क्रमशः शुरु गर्दै लगेको छ । नियामक नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र वितरणको बेथिती नियन्त्रणसँगै व्यवसायीक अभिकर्ताको उत्पादनलाइ प्रवर्द्धन गर्न विद्युतीय माध्यमबाटै परिक्षा लिने प्रणाली निकट भविष्यमै अनिवार्य लागू गर्दैछ ।

बीमा बजारको गतिसँगै अघि बढ्ने उद्देश्यका साथ इन्स्योरेन्स खबर डट कमले पाठकमाझ मोबाइल एप्स सार्वजनिक गरिसकेको छ । बीमा क्षेत्रको समाचारसँगै बीमा नियमन सम्बन्धी ऐन, कानून, बीमा सम्बन्धी तथ्यांक, बोनश दर लगायतका महत्वपूर्ण जानकारीहरु यो एप्समा समावेश गरिएको छ । पाठकको सुझाव अनुसार एप्सलाई भविष्यमा अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्मको यात्रा तय गर्न निरन्तर सहयोग गर्नुहुने हाम्रा पाठक, दर्शक, लेखक, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण, बीमक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरुलाई सहृदय धन्यवाद व्यक्त गर्न चाहन्छु ।

साथै नव वर्ष २०८० सालको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु । धन्यवाद !

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x