IME Life
Beema Board

वर्ष २०७९ मा बीमा क्षेत्रमा जारी भएका नीतिगत व्यवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० मा बीमा क्षेत्रले ठुलो फड्को मारेको छ । यस वर्ष बीमा ऐन जारी भएसँगै बीमा क्षेत्र व्यवस्थित बनेको छ । तर बीमा ऐन जारी भएपनि नेपाल सरकारले बीमा नियमावली जारी नगर्दा नेपाल बीमा प्राधिकरणले कुनै पनि नयाँ निर्देशिकाहरु निर्माण गर्न सकिरहेको छैन् । नेपाल बीमा प्राधिकरणको नियमावली नबनेता पनि ऐनमा बाँझिने खालका पुर्व निर्देशिकाहरुलाई संशोधन गरेको छ । साथै, प्राधिकरणले कतिपय निर्देशिकामा नयाँ ऐन अनुसारको व्यवस्थालाई समायोजन गरेर जारी गरेको छ ।

३० वर्षपछि बीमा क्षेत्रले नयाँ ऐन पाएको छ । बीमा क्षेत्रका पछिल्ला विद्यमान व्यवस्थालाई समेटने गरी बीमा ऐन २०७९ आएको छ । ३० वर्ष अगाडी आएको ऐनले बीमा बजारलाई नियमन गरेपनि पछिल्ला व्यवस्थालाई समेटन सकेको थिएन् । बीमा प्राधिकरणकोे नयाँ बीमा ऐन आउनुअघि प्राधिकरणले संस्थागत शुसासन निर्देशिकाहरु जारी गरेपनि बीमा कम्पनीहरुले उक्त निर्देशिकालाई अटेर गरिरहेका थिए । अब बीमा ऐन २०७९ जारी भएसँगै बीमा कम्पनीहरुले प्राधिकरणले जारी गरेको हरेक संस्थागत शुसासन निर्देशिकाहरु पुर्ण रुपमा पालना गर्न बाध्य भएका छन् । नयाँ बीमा ऐन आएसँगै बीमा क्षेत्र कानुनी दायरामा समेटिएको छ ।

Prabhu
Crest

नयाँ ऐनले बीमा प्राधिकरणको संचालक समितिमा महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी स्वार्थ बाझिने गरी कुनै पनि उद्यममा बीमकको संचालक, प्रवद्र्धक, आधारभूत शेयरधनीसँग कुनै पनि किसिमको संयुक्त लगानी गर्न रोक लगाएको छ ।मर्जरका विषयमा पनि ऐनले व्यवस्था गरेको छ । यस नयाँ बीमा ऐन भित्र नियमन, व्यवस्थापन र कसुर सम्बन्धी व्यवस्था गरेको छ। बीमा समितिले कर्मचारीको दरबन्दी र आफ्नो सुविधा बाहेक अन्य सम्पुर्ण कार्य गर्न पाउने भएको छ । यो ऐनले बीमा क्षेत्रका जुनसुकै विषयमा बीमा प्राधिकरणले सूचना पाउने हक सिर्जना गरिदिएको छ । लेखापरीक्षकले गरेका गल्तीका विषयमा समेत बीमा प्राधिकरणले आइक्यानलाई पत्र पठाएर कारबाहीका लागि सिफारिस गर्ने हैसित बनाएको छ । बीमा ऐन २०७९ ले बीमा क्षेत्रका सरोकारवाला सम्पुर्ण पक्षहरुलाई समेटेको छ ।
बीमा ऐन

आर्थिक वर्ष २०७९ मा बीमा क्षेत्रमा भएका नीतिगत व्यवस्थाहरु
आर्थिक वर्ष २०७९/०८० मा प्राधिकरणले जारी गरेको परिपत्र
खाद्यान्न बाली बीमालेख जारी गरिएको सम्बन्धमा ।
टिमुर खेती तथा मेन्था खेती बीमालेख जारी गरिएको सम्बन्धमा  
AML/CFT Circular-1
बीमकहरुलाई निर्देशन गरिएको बारे
संशोधन सम्बन्धमा
बाख्रा बीमालेख संशोधन गरिएको बारे
बीमालेखको जोखिमंकन तथा दाबी भुक्तानी प्रक्रियामा प्रचलित कानुन तथा समितिबाट जारी निर्देशनहरुको पूर्णत:पालन गर्ने सम्बन्धमा

आर्थिक वर्ष २०७८/०७९ मा प्राधिकरणले जारी गरेको परिपत्र
कृषि,पशुपन्क्षी तथा जडीबुटी बीमा निर्देशिका,२०७९ जारी गरिएको बारे
गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि परिपत्रप १
गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि परिपत्र
बीमा कम्पनिहरुलाई आयकर ऐन २०५८ सम्बन्धि परिपत्र

आर्थिक वर्ष २०७९/०८० मा प्राधिकरणले जारी गरेको निर्देशिका
जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९
लघुबीमा निर्देशन, 2079
Own Risk Solvency Assessment Directives, 2023 (2079)
बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका-२०७९
बीमकको संस्थागत सुशासन सम्बन्धी (चौथो संशोधन) निर्देशिका,२०७९
बीमा दाबी भुक्तानी मार्गदर्शन (तेस्रो संशोधन),२०७९
बीमक गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका (तेस्रो संशोधन सहित), २०७६
बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा संचालन सम्बन्धी निर्देशिका, २०७९
लघु निर्जीवन बीमकको लगानी निर्देशन,२०७९
लघु जीवन बीमकको लगानी निर्देशन,२०७९
पुनर्बीमकको लगानी निर्देशन,२०७९
निर्जीवन बीमकको लगानी निर्देशन,२०७९
जीवन बीमकको लगानी निर्देशन,२०७९
लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९

आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणले जारी गरेको बीमालेख
खाद्यान्न बाली बीमालेख २०७९।११।१८
Timur Policy (टिम्मुर)२०७९।०८।१८
Mentha Policy(मेन्सथा खेत)२०७९।०८।१८
Goat Policy(बाख्रा-बीमालेख)२०७९.५.३१

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS