IME Life

२५ करोडसम्मका साना तथा मझौला कम्पनीको आइपिओ निष्काशन कार्यविधि छुट्टै, रेटिङ गर्नु नपर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २५ करोड रुपैयाँसम्मका कम्पनीको आइपिओ निष्काशनका लागि छुट्टै व्यवस्था गर्ने भएको छ । बोर्डले यसैका लागि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली २०७९ को मस्यौदा सार्वजनिक गरेको छ ।

बढिमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीहरुले यहि नियमावली बमोजिम आइपिओ निष्काशन गर्न पाउने छन् । बोर्डले २५ करोडको सिमालाई अवस्था अनुसार हेरफेर गर्न सक्ने जनाएको छ । सबैभन्दा पहिला धितोपत्र दर्ता गराउनका लागि बोर्डमा निवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

यसरी बोर्डमा दर्ता गरेर साना तथा मझौला कम्पनीले सर्वसाधारणका लागि चुक्ता पूँजीको न्युनतम पनि ३० प्रतिशत कायम हुने गरी आइपिओ जारी गर्न सक्ने छन् । प्राथमिक शेयर निष्काशनका लागि एक आर्थिक वर्ष पुरा गर्नु पर्नेछ ।

२ आर्थिक वर्ष पुरा गरेका प्राइभेट कम्पनीले पब्लिक लिमिटेडमा परिणत गरे पछि पनि एक आर्थिक वर्ष पुरा गरेकै हुनु पर्छ भन्ने छैन । यस्ता कम्पनीहरुलाई प्रथमिक शेयर निष्काशनका लागि रेटिङ अनिवार्य नहुने नियमावलीको मस्यौदामा उल्लेख छ ।

यस्ता कम्पनीमा आइपिओ खरिदकर्ताले न्युनतम २५० कित्ताका लागि आवेदन दिनु पर्ने बोर्डको मस्यौतामा उल्लेख छ । यसरी निष्काशन गरिएका कम्पनीको शेयर कारोबार पनि छुट्टै प्लाटफर्मबाट हुनेछ ।

यस्ता कम्पनीले आइपिओ निष्काशनका लागि निवेदन दिदा १० हजार रुपैयाँ दस्तुर भुक्तानी गर्नु पर्नेछ । धितोपत्र बजारमा सूचिकरण शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । वार्षिक शुल्क २५ हजार रुपैयाँ भए पुग्नेछ । सूचिकरण निवेदन दश्तुर १० हजार रुपैयाँ रहेको छ । केन्द्रिय निक्षेप कम्पनीमा दर्ता गर्दा ५० हजार र नविकरण शुल्क २५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

sme-regulation

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS