IME Life

अभिकर्ताले लिएको कर्जाको विवरण सात दिन भित्र पेश गर्न प्राधिकरणको निर्देशन, निष्कृय कर्जा कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई दिएको कर्जाको विवरण सात दिन भित्रमा पेश गर्न सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा अभिकर्ताले लिएका विभिन्न शिर्षकका कर्जाहरुको छुट्टा छुट्टै विवरण माग गरिएको छ ।

बीमा कम्पनीहरुले लिएका चार पाङ्ग्रेस कार कर्जा, मोटरसाइकल कर्जा, घर कर्जा, अभिकर्ता विशेष कर्जा, नगद कर्जा र अन्य कर्जाको शिर्षकमा गरिएका लगानीको तथ्याङ्क पेश गर्न निर्देशन दिएको छ । यसै कर्जा अन्तर्गत अभिकर्तालाई दिएको कर्जाको अवधि, चालु आर्थिक वर्षको सुरु. मौज्दात, हालसम्म असुल भएको कर्जा रकम, बाँकी कर्जा रकम, फागुन मसान्तसम्ममा निष्कृय कर्जाको रकम र कर्जा फर्च्यौट प्रतिशतको विवरण पेश गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई प्रवाह हुने कर्जाको दुरुपयोग भएको भन्दै रोक लगाएको थियो । प्राधिकरणले नियम विपरित कर्जा प्रवाह गर्न नहुने भन्दै केहि समय रोके पनि पछि अभिकर्ताको चर्को विरोध र कम्पनीहरुको अनुरोध पछि प्राधिकरणले फुकुवा गर्यो ।

जीवन बीमा व्यवसायमा अभिकर्ताबाटै व्यवसाय भित्रिने भएकाले कम्पनीहरुले उनिहरुलाई विभिन्न किसिमका प्रोत्साहन दिदै आएका छन् । बीमा कम्पनीहरुले टार्गेट पुरा गर्ने र नियमित रुपमा व्यवसाय भित्र्याउने अभिकर्तालाई यस्ता कर्जाको सुविधा प्रदान गर्ने गरेका छन् ।

विना सुरक्षण कर्जा प्रभाव भएको भन्दै प्राधिकरणले यसलाई रोक लगाउन निर्देशन दिदै आएको थियो । अभिकर्ताले विना धितोमूल्याङ्कन गाडी मोटरसाइकल खरिदका लागि कर्जा प्रवाह गर्दा त्यो जोखिममा पर्ने गरेको छ । कतिपय अभिकर्ताले कर्जा लिएर गाडी र मोटरसाइकल खरिद गर्ने र कर्जा भुक्तानी नै नगरेका कयौ उदाहरण छन् ।

यसरी अभिकर्ताले ऋण नतिर्दा कम्पनीहरुले गाडी मोटरसाइकल नै जफत गर्नु परेको छ । यसरी जफत गर्ने अवधिसम्ममा गाडी मोटरसाइकल धेरै नै जिर्ण भइसकेका हुन्छन् । अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सुविधा दिनु राम्रो हो तर विना सुरक्षण बीमितको पैसा नै डुब्ने गरी कर्जा प्रवाह गर्न कदापी राम्रो होइन । यसले कम्पनीको निष्कृय कर्जा बढाउछ । निष्कृय कर्जा बढ्दै गर्दा वास्तविक बीमितहरुले भोलिका दिनमा यस्तो सुविधा पाउनबाट बञ्चित हुने छन् । केहि अभिकर्ताको बदमासीले गर्दा कम्पनी र प्राधिकरणले नै बाध्य भएर कडा पोलिसी बनाउनु पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS