IME Life

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेन्जमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा सुपरमाई हाइड्रोपावर लिमिटेडको कुल ५० लाख कित्ता र माया खोला हाईड्रोपावरको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ ।

माया खोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको २ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ६६ लाख कित्ता गरी कुल १ करोड कित्ता साधारण शेयर सूचिकृत गराएको हो । यस कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले ८८ दशमलव ५३ देखि २६५ दशमलव ५९ ओपन रेञ्ज तोकेको छ ।

Prabhu
Crest

यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एमकेएचसी रहेको छ । त्यस्तै यस कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सिटिजन्स क्यापिटल लिमिटेड डिल्ली बजार, काठमाडौंबाट हुने जनाएको छ ।

त्यसैगरी सुपरमाई हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ५ लाख कित्ता, सर्वसाधारण लगानीकर्ताहरूमा वितरण गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४० लाख कित्ता गरी कुल ५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमएच रहेको छ । आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जनाएको छ ।

आइपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ ७६ पैसादेखि अधिकतम ३९२ रुपैयाँ २८ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।

1679293574544
1679293390935

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS