काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले ब्याजदर संशोधन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले कर्जा र निक्षेप तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जा तर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस अघि लघुवित्तले अधिकतम २० प्रतिशत सम्म ब्याजदर लिने गरेको थियो । त्यस्तै,लघुवित्तले बचत तफ न्युनतम ७ दशमलव ५ प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।