IME Life
Beema Board

सिटिजन लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, तीन अर्ब २६ करोड संकलन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्नका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रिमियम सहित २९० रुपैयाँमा आइपिओ जारी गर्ने भएको हो ।

कम्पनीले एक करोड १२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरेको हो । प्रिमियम सहित २९० रुपैयाँमा आइपिओ जारी गर्दा कम्पनीले प्राथमिक बजारबाट तीन अर्ब २६ करोड रुपैयाँ उठाउनेछ ।

Prabhu
Crest

हाल सिटिजन लाइफको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १९० रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल २ अर्ब १३ करोड ७५ लाख रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनस शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

अहिलेकै अवस्थामा सिटिजनको जगेडा कोषमा एक अर्ब २५ करोड रुपैयाँ जम्मा भइसकेको छ । प्रिमियम मार्फत कम्पनीले २ अर्ब १३ करोड आर्जन गर्दा जगेडा कोषमा कुल तीन अर्ब ३८ करोड नाघ्नेछ । यसरी आइपिओ निष्काशन गरेर बोनस शेयर दिए पछि पनि कम्पनीले आफ्नो कोषमा २ अर्ब भन्दा माथिको रकम हुनेछ ।

नेपाल बीमा प्राधिकरणले चार बीमा कम्पनीहरुलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिइसकेको छ । सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेका छन् । मर्जरको प्रकृयाँमा रहेको महालक्ष्मी लाइफले समेत प्रिमियममा आइपिओ निष्काशन गरेर मात्रै मर्जरमा जाने निर्णय गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरण विचमा प्रिमिमयमा आइपिओ निष्काशन गर्न दिने विषयमा सहमति भइसकेको बुझिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

0%

दु :खी

11%

अचम्मित

22%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS