IME Life
Beema Board

एशियन लाइफको लाभांश घोषणा, बोनस शेयर वितरण पछि चुक्ता पूँजी तीन अर्ब १४ करोड पुग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३० गते विहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट ८.५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

 

Prabhu
Crest

कम्पनीले वित्तीय विवरण सहित लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पशे गर्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै कम्पनी आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर २४ करोड ७१ लाख रुपैयाँ वितरण पश्चात चुक्ता पूँजी तीन अर्ब १४ करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तय गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन कम्पनीलाई अझै एक अर्ब ८५ करोड आवस्यक पर्नेछ । यो भनेको कम्पनीलाई अझै ३७ प्रतिशत पूँजी आवस्यक हो ।

कम्पनीले गत वर्षको तुलनामा यस वर्ष भने लाभांश दर घटाएको छ । विगत ५ वर्षको अवधिमा यो लाभांश सबैभन्दा कम हो । तर नगदका हिसावले भने राम्रो मानिन्छ ।

1678768208419

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS