IME Life
Beema Board

आजसम्म शेयर किन्नेले यी दुई कम्पनीको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । आजसम्म शेयर किन्नेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश पाउनेछन् । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गर्ने भएसँगै आज सोमवार अर्थात् फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै सभाले अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जनाएको छ ।

त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर र करसहित १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS