IME Life
Beema Board

मर्जर पछि सगरमाथा लुम्बिनीको ब्राण्डिङ नाम ‘सलिको’, यस्तो बन्यो लोगो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ नाम ‘सलिको’ राखिएको छ । दुई कम्पनी मर्जर भएर भोलिदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् ।

नेपालको पहिलो ज्वाइन्ट भेन्चर कम्पनी सगरमाथाले श्रीलङ्काको सलिको इन्स्योरेन्स कम्पनी सँग मिलेर विगत २६ वर्षदेखि व्यवसाय गर्दै आइरहेको छ । साविक सगरमाथामा सलिकोको २० प्रतिशत लगानी रहेको छ । मर्जर पछि भने यसको शेयर हिस्सा खुम्चिनेछ ।

Prabhu
Crest

दुई कम्पनी विच १०० बराबर ८० को अनुपातमा मर्जर भएको हो । यहि स्वाप रेसियोको आधारमा मर्जर पछि सगरमाथा लुम्बिनीको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्नेछ । मर्जर पछि संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

यो निर्जीवन बीमा क्षेत्रको चौथो सफल मर्जर हो । अझै दुई जोडी मर्जरको प्रकृयाँमा छन् । प्राधिकरणले यहि आगामी चैत मसान्त भित्र सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिए पछि यि दुई कम्पनीले न्युनतम पूँजी जुटाउन मर्जरको बाटो रोजेका हुन् । आगामी चैत पछि प्राधिकरणले न्युनतम चुक्ता पूँजी नपुर्याउने कम्पनीका लागि समय थप नगर्ने जनाउदै आइरहेको छ । अव न्युनतम पूँजी नजुटाउने बीमा कम्पनीहरुलाई रिष्क बेस क्यापिटल अनुसार व्यवसाय गर्न दिने योजना बनाएको छ । यस सँगै मर्जरमा नजाने कम्पनीले जति पनि व्यवसाय गर्न पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS