IME Life
Beema Board

स्वेच्छिक अवकास लिएका बीमा कम्पनीका कर्मचारीको विचल्ली, अरुले जागिर नदिदा वेरोजगार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुबाट स्वेच्छिक अवकासको सुविधा लिएर बाहिरिएका कर्मचारीको बिचल्ली देखिन थालेको छ । अन्य कम्पनीमा जागिर पाइहालिन्छ भन्ने अनुमानमा पाएको सुविधा लिइहालौ भन्दै स्वेच्छिक अवकासको सुविधा लिएका कर्मचारीले अझै पनि जागिर पाउन सकेका छैनन् ।

मर्जरका क्रममा साविक सूर्या लाइफ र ज्योति लाइफले स्थायी कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ‘भिआरएस’ ल्याएका थिए । यहि सुविधा अन्तर्गत ९० जनाले अवकास लिए । उनिहरुले कम्पनीबाट बाहिरिने क्रममा मोटो रकम हात पारे ।

Prabhu
Crest

हिजो कम्पनीबाट भिआरए सुविधा लिएर बाहिरिएकाहरुले विभिन्न कम्पनीमा जागरिका लागि प्रस्ताव गरिरहेका छन् । तर अन्य कम्पनीहरु पनि मर्जरकै क्रममा रहेकाले उनिहरुलाई जागिर दिने पक्षमा कुनै पनि कम्पनी छैनन् । मर्जर नै नगरेको नेपाल लाइफले समेत तीन सय भन्दा बढि कर्मचारीलाई विदा गर्ने उद्देश्यले भिआरएसका लागि कर्मचारीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गर्दै आइरहेको छ ।

कम्पनीको योजना अनुसार प्रयाप्त मात्रामा भिआरएसका लागि आवेदन नपरे पछि पुनः समय थप गरिएको छ । नेपाल बीमा प्राधिकरणले मर्जरको क्रममा कुनै पनि कर्मचारीलाई निष्काशन गर्न नपाउने व्यवस्था गरिदिएको छ । यसले गर्दा कम्पनीहरुको पहिलो रणनीति भिआरएस नै देखिन्छ ।

स्वेच्छिक अवकास लिएका कर्मचारीहरुले अन्य बीमा कम्पनीहरुमा रोजगारीका लागि आवेदन दिदा समेत उनिहरु पहिलो रोजाइमा पर्ने गरेको देखिदैन । कुनै समय कर्मचारी ताना तान गर्ने बीमा कम्पनीहरु अहिले भने छानी छानी कर्मचारी नियुक्त गर्ने अवस्थामा छन् । अहिले नै सूर्यज्योति लाइफबाट बाहिरिएका ९० जना कर्मचारी बजारमा छन् ।

कतिपय बीमा क्षेत्रबाटै बाहिरिएर बैंक वित्तीय संस्थामा प्रवेश गरेका छन् । अहिले बीमा कम्पनी मात्रै होइन बैंकहरु पनि कर्मचारी कटौती अभियानमा छन् । मर्जर पछि बैंक वित्तीय संस्था तथा कर्मचारीहरुको आकार बढे पनि उनिहरुलाई अहिले विद्यमान कर्मचारी आवस्यक छैन । कर्मचारी चाहिहाले पनि उनिहरुले अन्य कम्पनीबाट भिआरएस सुविधा लिएर आएकालाई प्राथमिकतामा पार्ने गरेका छैनन् ।

अहिले भइरहेको मर्जर केवल दुई संस्था जोडिएर साविक भइरहेका व्यवसाय मिसिने बाहेक अन्य कुनै पनि सिनर्जी आउने गरी काम भइरहेको छैन । मर्जरमा संलग्न भएका कम्पनीका धेरै वटा शाखा कार्यालय एकै स्थानमा छन् । एउटै स्थानमा शाखा हुँदा कि त शाखा कार्यालय स्थानान्तरण गर्नु पर्यो होइन भने भइरहेका कर्मचारी नै कटौती गर्नु पर्ने अवस्था आउछ ।

काठमाडौंमा काम गरिरहेका कर्मचारी भन्दा पनि उपत्यका भन्दा बाहिरका शाखा कार्यालयमा काम गरिरहेका कर्मचारीहरु बढि बेरोजगार छन् । यहि अवधिमा मर्जरमा गएका कम्पनीका कर्मचारीहरु भिआरएस आउने आशामा खासै राम्रो प्रस्तुतिकरण नगरि बसेका थिए । उनिहरुको सोच भिआरएस आइहाल्छ त्यस पछि जागिर छाड्ने हो भन्ने थियो । जसले गर्दा उनिहरुको प्रस्तुतिकरण पनि त्यति राम्रो देखिएन । प्रस्तुतिकरण राम्रो नहुने वित्तीकै उनिहरुको मूल्याङ्कन स्वत घटेको छ । यसले गर्दा भिआरएको अपेक्षामा बसेका कर्मचारीको पनि विचल्ली भएको छ । मर्जरमा गएका सिद्धार्थ प्रिमियर, सानिमा जिआइसी, हिमालयन एभरेष्टले पनि स्वेच्छिक अवकासको सुविधा दिएनन् । हिमालयन एभरेष्टले आवेदन परेकाले पनि अन्तिममा यस्तो सुविधा दिएन ।

भिआरएसबाट ठुलो रकम कुम्ल्याएर बाहिने सोच बनाएकाहरुको सोच पुरा नहुँदै गर्दा भिआरएस सुविधा लिएर बाहिरिनेले पनि अन्य कम्पनीमा रोजगारी नपाउदा दुबै पक्ष प्रभावित बनेका छन् । अहिले स्वच्छिक अवकासमा ठुलो रकम खर्चिनु भन्दा एक वर्षको अवधिमा बजार विस्तारका लागि शाखा सञ्जाल जसरी पनि विस्तार गरिहाल्नु पर्छ र भोलि पुन कर्मचारी नियुक्त गर्नु भन्दा केहि समय कर्मचारी पालौ भन्ने मनस्थितिमा कम्पनी छन् ।

नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीको लाइसेन्स आह्वान गरेकाले पनि कर्मचारीहरु भिआरएस प्रति बढि आकर्षित भएको देखिन्छ । यदि अहिले नै ठुलो रकम हात पार्न पाइयो र भोलि आइपिओ निष्काशन गर्ने लघु बीमा कम्पनीमा जान पाइयो भने राम्रो हुने उनिहरुको सोच थियो । अर्थतन्त्रमा संकट देखिदै गर्दा निजी क्षेत्रका कतिपय कम्पनीहरुले समेत कर्मचारी कटौती गरिरहेका छन् । यसले गर्दा पनि स्वच्छिक अवकासको सुविधा लिएकाले तत्काल रोजगारी पाउन सक्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

40%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS