IME Life
Beema Board

सात महिनामा प्रथम बीमाको तुलनामा ४० प्रतिशत व्यवसाय सरेण्डर, नविकरणकै भरमा चलेको व्यवसाय थप खतरामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीहरुमा ६ अर्ब ६४ करोड रुपैयाँको सरेण्डर भएको छ । जवकी यहि अवधिमा कम्पनीहरुले १६ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । प्रथम बीमा शुल्कको तुलनामा ४० प्रतिशत व्यवसाय सरेणडरमै सकिएको छ ।

कतिपय कम्पनीमा नयाँ व्यवसाय भित्र्याउने भन्दा पनि सरेण्डर मार्फत बाहिरिने व्यवसाय अत्याधिक धेरै छ । माघ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले संकलन गरेको प्रथम बीमा शुल्कको तुलनामा ४० प्रतिशत व्यवसाय सरेण्डर भएको छ । संस्थानले ७ महिनामा ३९ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ५२ करोड एक लाख रुपैयाँको सरेण्डर भएको छ ।

Prabhu
Crest

एलआइसी नेपालको पनि प्रथम बीमा शुल्क आर्जनको तुलनामा सरेण्डर हिस्सा १२९ प्रतिशत रहेको छ । कम्पनीले एक अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा एक अर्ब ७० करोड रुपैयाँ बराबरको सरेण्डर नै गरेको छ । सरेण्डर रकमका हिसावले भन्दा सर्वाधिक धेरै नेपाल लाइफमा मात्रै २ अर्ब ७७ करोड रुपैयाँको सरेण्डर भएको छ । नेपाल लाइफलाई सरेण्डरले धेरै ठुलो असर पुर्याएको थियो ।

नयाँ भन्दा पुराना जीवन बीमा कम्पनीमा सरेण्डर धेरै छ । नयाँले अझै पनि सरेण्डरको तुलनामा प्रथम बीमा शुल्क आर्जन धेरै गरिरहेका छन् । यहि हिसावले सरेण्डर बढ्दै जाने हो भने आगामी वर्षदेखि नविकरण बीमा शुल्क आर्जनमा पनि ठुलो धक्का पर्ने देखिन्छ । यस वर्ष जीवन बीमा व्यवसाय करिव करिव नविकरण बीमा व्यवसायबाटै चलिरहेको छ ।

हाल जीवन बीमा कम्पनीले आर्जन गरेको कुल बीमा शुल्क आर्जनको ८१ प्रतिशत व्यवसाय नविकरण तर्फबाट रहेको छ । प्रथम बीमा शुल्क आर्जनको हिस्सा १९ प्रतिशत मात्रै छ । गत वर्षको तुलनामा माघ महिनासम्ममा प्रथम बीमा शुल्क आर्जन २७ प्रतिशत भन्दा धेरैले गिरावट आउदै गर्दा सरेण्डर पनि बढिरहेको छ ।

आर्थिक क्षेत्रमा आइरहेको मन्दीका कारण प्रिमियम तिर्न नसकेर बीमितहरुले पोलिसी नै सरेण्डर गरिरहेका छन् । प्राधिकरणले तीन वर्षसम्म सरेण्डर गर्न नपाउनुका साथै बीमालेख धितोकर्जा समेत प्रवाह गर्न नपाउने व्यवस्था गरिदिए पनि पुराना कम्पनीहरुमा सरेण्डर बढिरहेको छ । आगामी वर्षदेखि नयाँ जीवन बीमा कम्पनीमा पनि सरेण्डर रकम अत्याधिक बढ्न सक्ने विश्लेषकहरु बताउछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS