SKIP THIS

GBIME
IME Life
Beema Board

व्याजदर घटाउने निर्णय सँगै शेयर बजारमा ५० अंकको उछाल, राष्ट्रपतिको निर्वाचन पछि के होला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकहरुले कर्जाको व्याजदर घटाउने निर्णय गरे सँगै शेयर बजारम उछाल आएको छ । बाणिज्य बैंकहरुको छाता संघठन नेपाल बैंकर्स संघले निक्षेप र कर्जाको व्याजदर घटाउने निर्णय गरेका छन् । बैंकहरुले निक्षेपको व्याजदर ०.४० प्रतिशत र कर्जाको व्याजदर आधार व्याजदरमा अभिकतम ५ प्रतिशत भन्दा बढि लिन नपाउने गरी प्रिमियम निर्धारण गरेका छन् । अव बैंकहरुले आधार व्याजदरमा अधिकतम ५ प्रतिशत भन्दा बढि कर्जा लिन पाउने छैनन् । यस भन्दा अगाडी बैंकहरुले आधार व्याजदरमा अधिकतम ६ प्रतिशतसम्म व्याजदर निर्धारण गर्न पाउने व्यवस्था थियो ।

अर्को तर्फ आजदेखि राजनीतिक अस्थिरतामा केहि स्थिरता आउने संकेत देखिएको छ । आज राष्ट्रपतिको निर्वाचन भइरहेको छ । राष्ट्रपतिको निर्वाचन सँगै आठ दलिय समिकरणले सरकार बनाउने छन् । सरकारबाट एमाले हट्ने तर्खर सँगै शेयर बजारमा भारि गिरावट आएको थियो । यस अवधिमा शेयर बजार जति घट्नु पर्ने थियो सबै घटिसकेको हुँदा अव बजार सुधारको लयमा फर्किने विश्लेषण गरिएको छ ।

Prabhu
Crest

आज राष्ट्रपतिको निर्वाचन सकिने वित्तीकै नेपाली कांग्रेसले सरकारमा अर्थमन्त्री आफ्नो पार्टीको तर्फबाट पठाउने छ । यदि राजनीतिक सहमति भयो भने नेपाली कांग्रेसबाट गगन थापा अर्थमन्त्रीमा जाने चर्चा चलेको छ । अहिले चर्चामा रहेका मध्ये उनि सबैभन्दा आशालाग्दा नेता हुन् ।

एमाले सरकारमा जाने क्रममा ३ तीन सय भन्दा धेरै अंकले बढ्यो भने बाहिरिदै गर्दा साढे दुई सय अंकले घट्यो । देशमा अर्थतन्त्रका विषयमा ठुलो बहस भइरहेको छ । यसले आगामी दिनमा केहि न केहि समाधानको उपाय अवलब्बन गर्ने देखिन्छ ।

बैंक वित्तीय संस्थाको व्याजदर घटाइन भइरहेको चौतर्फी दावव पछि विस्तारै कर्जा विस्तार बढ्नेछ । यसको पहिलो प्रभाव शेयर बजारमा देखिनेछ । यदि आगामी अर्थमन्त्रीले गभर्नर महाप्रसाद अधिकारीलाई मात्रै व्यवस्थापन गर्न सके भने शेयर बजारमा राम्रो सुधार आउनेछ । अन्यथा शेयर बजार लयमा फर्किन अझै एक वर्ष लाग्ने निश्चित छ ।

आज साताको अन्तिम दिन शेयर बजारमा ५०.०४ अंकको सुधार देखिएको छ । सूचक सँग कारोबार रकममा पनि सुधार देखिएको छ । आज एक अर्ब ५६ करोडको कारोबार भएको छ । जम्मा ३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा २१३ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ ।

नेप्से सूचक २००२.७० अंकमा बन्द भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आउदा सर्वाधिक धेरै फाइनान्सको सूचक बढेको छ । शुभव पावर र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार आउने क्रममा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS