IME Life
Beema Board

अझै १० कम्पनीले तयार पार्न सकेनन् एक्चुरियल मूल्याङ्कन, ६ वटाको स्वीकृत हुँदा तीनले तयार पारे वित्तीय विवरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष सकिएको ८ महिना वित्न लागिसक्दा पनि अझै १० बीमा कम्पनीहरुले एक्चुरियल मूल्याङ्कन प्रतिवेदन तयार पार्न सकेका छैनन् । हालसम्म पनि गुराँस लाइफ, महालक्ष्मी लाइफ, प्रभु लाइफ, नेशनल लाइफ, प्राइम लाइफ, राष्ट्रिय बीमा संस्थान, रिलायबल नेपाल लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र युनियन लाइफले अझै पनि एक्चुरियल मूल्याङ्कन प्रतिवेदन तयार पारेका छैनन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ९ वटा कम्पनीहरुले एक्चुरियल प्रतिवेदन तयार पारिसेका छन् । जस मध्ये ६ वटाको मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ भने बाँकी तीन वटा प्रकृयाँमा छन् । हालसम्म मेट लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, एशियन लाइफ, सूर्या लाइफ र ज्योति लाइफको मूल्याङ्क स्वीकृत भइसकेको छ । उनिहरु सबैले बीमितका लागि बोनसदर समेत सार्वजनिक गरिसकेका छन् ।

Prabhu
Crest

एक्चुरियल मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका मध्ये तीन वटाले वित्तीय विवरण पेश गरिसकेका छन् । प्राधिकरणका अनुसार सन नेपाल लाइफ र आइएमई लाइफको वित्तीय विवरण नै स्वीकृत भइसकेको छ । मेट लाइफको लाभांशका विषयमा लामो समय छलफल हुँदा अहिलेसम्म स्वीकृत भइसकेको छ । यसको पनि छिट्टै स्वीकृत हुने प्राधिकरणले जनाएको छ । एक्चुरियल मूल्याङ्कन स्वीकृत हुने वित्तीकै वित्तीय विवरण सार्वजनिक गर्ने बीमा कम्पनीहरुले यस पटक भने खासै चासो व्यक्त गरेको पाइदैन ।

आगामी वर्षदेखि लयमा आउने संकेत

बीमा ऐन २०७९ मा एक्चुरियल मूल्याङ्कन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्रमा तयार पारिसक्नु पर्छ । बीमा ऐन गत कार्तिक २२ गतेदेखि नै लागु भए पनि विगतकै वर्षको एक्चुरियल मूल्याङ्कन तथा लेखापरीक्षण गर्न बाँकी रहेको भन्दै बीमा प्राधिकरणले यस पटकका लागि कुनै पनि कारबाही नगर्ने जनाएको छ । यदि नियम अनुसार कारबाही हुने हो भने बीमा कम्पनीहरुले हालसम्म लाखौ करोडौ रुपैयाँ जरिवाना तिरिसक्नु पर्थ्यो ।

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएकाले कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ कै एक्चुरियल मूल्याङ्कन तथा लेखापरीक्षण तयार पार्न धेरै सकस पर्यो । ‍अधिकाम्स बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण तयार पारिसकेकाले गत आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कन तथा लेखापरीक्षण टुङ्गाउदै छन् । यदि कम्पनीहरुले असार अगाडी नै यस्तो काम सम्पन्न गरे भने चालु आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न कुनै गाह्रो पर्ने छैन । यस वर्षदेखि बीमा कम्पनीहरु बल्ल ट्र्याकमा आउने भएकाले आगामी वर्षदेखि सहज हुने प्राधिकरणको भनाइ रहेको छ ।

अघिल्ला वर्षमा बीमा कम्पनीहरुमा एक्चुरीहरुको ठुलो समस्या थियो । भारतमा मात्रै परनिर्भर हुँदै आएका बीमा कम्पनीहरुले भारत भन्दा बाहिरि देशमा पनि एक्चुरि पाउन थालेका छन् । यस सँगै उनिहरुले सजिलै काम गराइरहेका छन् । अर्को तर्फ बजारमा एक्चुरीको संख्या पनि विस्तारै बढ्न थालेको छ । संख्या बढ्ने वित्तीकै कम्पनीहरुले सहजै काम गराउन सक्ने अवस्था निर्माण भएको हो ।

नेपालमा पनि एक्चुरि अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । आगामी तीन चार वर्षमा नेपालमै ५/७ जना जतिको उत्पादन हुन सक्ने आकलन गरिएको छ । यस्तो भयो भने बीमा कम्पनीहरुलाई थप सहज हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS