IME Life
Beema Board

यी ३ तरिकाबाट हर्न सकिन्छ मोलुङ हाइड्रोपावरको आइपीओ नतिजा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरिसकेको छ । कम्पनीको आइपीओ नतिजा ३ तरिकाबाट हेर्न सकिनेछ । आइपीओ नतिजा भने केही समयपछि मात्र प्रकाशन हुने विक्री पब्रन्धक सनराइज क्यापिटलले जनाएको छ ।

आइपीओको नतिजा प्रकाशन भएपछि विक्री प्रबन्धकको वेवसाइट, सिडीएससीको मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ ।

Prabhu
Crest

जसअनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ipo, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

क्यापिटलका अनुसार आइपीओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जसमध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।

योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ । जसअनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS