IME Life

शेयर बजारको ओरालो यात्रा कायमै, फागुनमा मात्रै २१५ अंकको गिरावट हुँदा लगानीकर्ता डिप्रेस मुडमा

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । राष्ट्रपतिको निर्वाचन प्रकृयाँ अगाडी बढे पछि मात्रै शेयर बजार २१२ अंकले घटेको छ । यस अवधिमा अर्थमन्त्री पदबाट विष्णु प्रसाद पौडेलले राजिनामा दिएका छन् । उनले राजिनामा दिने चर्चा पछि शेयर बजारमा लगातार गिरावट हुँदै आइरहेको छ ।

पौडेल अर्थमन्त्री हुने चर्चाले ३५६ अंकले बढेको शेयर बजारमा उनको बहिर्गमन सँगै २१२ अंकको करेक्सन भइसकेको छ । यहि फागुन २६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचन अगाडी मन्त्रिपरिषद विस्तार नगर्ने राजनीतिक दलको सहमतिले गर्दा पनि शेयर बजारमा ठुलो असर पुर्याएको छ । अर्को तर्फ अर्थमन्त्रमा अझै आर्थिक मन्दी आउने चर्चा सँगै शेयर बजारमा गिरावट सुरु भएको हो ।

Prabhu
Crest

बैंकहरुले कर्जा उठाउन नसकेकोदेखि लिएर घरजग्गाको कारोबार सँगै मूल्य पनि घट्न थालेको भन्दै आम लगानीकर्ता डिप्रेस मुडमा छन् । अहिले कसै सँग पनि पैसा छैन । जसले शेयर बजारमा लगानी गर्दै आइरहेका थिए उनिहरुको ठुलो लगानी शेयर बजारमै डुबेर बसेको छ । एकातिर आम मानिसहरु सँग पैसा नहुँदा शेयर बजारलाई सपोर्ट गर्न सकेको छैन भने अर्को तर्फ शेयर बजारमै डुबेका लगानीकर्ता माथि उठ्न सक्ने अवस्था छैन । यसले पनि लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदै गइरहेको छ ।

जवसम्म अर्थमन्त्रीमा को आउने भन्ने निर्णय सार्वजनिक हुँदै तवसम्म शेयर बजार सकारात्मक हुने देखिदैन । सम्पुर्ण लगानीकर्ता भावी अर्थमन्त्रीको प्रतिक्षामा छन् । आज साताको अन्तिम कारोबारकै दिन २६.४८ अंकले घटेर १९६९.०१ अंकमा झरेको थियो । सूचक सँगै कारोबार रकम पनि एक अर्ब ३३ करोडमा सिमित छ । जम्मा १९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १९४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । साथै सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS