IME Life
Beema Board

जीवन बीमा व्यवसायमा आर्थिक मन्दीको प्रभाव, प्रथम बीमा शुल्क २८.५५ प्रतिशतले घट्यो : कसको कति ? (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा व्यवसायमा आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा प्रथम बीमा शुल्कमा मात्रै २८.५५ प्रतिशतले गिरावट आएको छ । प्रथम बीमा शुल्कमा चरम गिरावट देखिए पनि कम्पनीहरुलाई नविकरण बीमा शुल्कले टिकाइरहेको छ । नविकरण बीमा शुल्क आर्जन तर्फ भने १४ प्रतिशतको सुधार देखिन्छ । नविकरण बीमा शुल्ककै कारण कुल बीमा शुल्क तर्फ २.५७ प्रतिशतको बृद्धि देखिन्छ ।

जवकी गएका वर्षमा कुल बीमा शुल्क आर्जन तर्फ नै २५ प्रतिशत भन्दा माथिको सुधार हुने गरेको थियो । गएका वर्षमा कम्पनीहरुको आक्रामक बजार विस्तारले गर्दा यस वर्ष टिक्न सकेका हुन् । चालु आर्थिक वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । जवकी गत वर्षको यहि अवधिमा कम्पनीहरुले २३ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेका थिए ।

Prabhu
Crest

त्यस्तै नविकरण बीमा शुल्क आर्जन तर्फ चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ६६ अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा ५८ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेका थिए । गत वर्षको तुलनामा १४.८७ प्रतिशतको सुधार देखिन्छ ।

कुल बीमा शुल्क आर्जन तर्फ चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कम्पनीहरुले ८३ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा ८१ अर्ब ३० करोड थियो । यस वर्ष जम्मा २.५७ प्रतिशतले मात्रै सुधार भएको छ ।

यस वर्ष कुल बीमा शुल्क आर्जन तर्फ प्रथम बीमा शुल्कको हिस्सा १९.७३ प्रतिशत रहेको छ भने नविकरणको हिस्सा ८०.२६ प्रतिशत छ । गएको वर्ष कुल बीमा शुल्क आर्जनमा प्रथम बीमा शुल्कको हिस्सा २८.३२ प्रतिशत थियो भने नविकरणको हिस्सा ७१.६७ प्रतिशत मात्रै थियो । यस अनुपातले पनि जीवन बीमा व्यवसायमा चरम मन्दी आएको प्रमाणित हुन्छ ।

नेपाल जस्तो देशमा जीवन बीमा व्यवसाय खास गरी बचतको हिसावले बढि हुन्छ । जोखिम बहन गर्नैका लागि खासै जीवन बीमा व्यवसाय हुँदैन । पछिल्लो आर्थिक मन्दीले गर्दा आम नेपालीको बचत घटिरहेको छ । मूल्य बृद्धिले चरम सिमा नाघ्दा मानिसहरुलाई जिविकोपार्जनमै ठुलो समस्या देखिन थालिसकेको छ । खान लगाउनै धौ धौ हुने अवस्थामा आम मानिसको ध्यान बीमा तर्फ जादैन ।

बैंकिङ तरलता अभाव हुँदा बैंकहरुले नयाँ नयाँ क्षेत्रमा लगानी विस्तार गर्न सकेका छैनन् । लगानी विस्तार नहुँदा रोजगारीका अवसर सिर्जना हुँदैन । विद्यमान व्यवसायी नै कर्जा तिर्न नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा धेरै मानिसहरुले रोजगारी गुमाउनु परिरहेको छ ।

गएका वर्षमा यहि आम्दानीले घर धानेर पनि बचत गर्न पुग्थ्यो तर अहिलेको समयमा घर धान्नै मुस्किल पर्न थालिसकेको छ । यस्तो अवस्थामा बीमा प्रामिकतामा पर्नै सक्दैन । अर्को तर्फ बीमा गर्न योग्य जनशक्ति हरेक वर्ष विदेश गइरहेका छन् । सके युरोप अमेरिका अष्ट्रेलिया, जापान, कोरिया जाने नसके कतार, दुबइ, मलेसिया लगायतका देशमा जाने क्रम बढ्दो छ । यस्तो अवस्थामा रेमिट्यान्स त बढिरहेको छ तर त्यो रेमिट्यान्स जसरी नेपालमा भित्रिन्छ त्यसरी नै विदेशबाट सामान आयात गर्दा बाहिरिन्छ । एक घर एक बैदेशिक रोजगार नभएका परिवारमा दैनिकी धान्नै मुस्किल पर्न थालिसकेको छ ।

यस बाहेक आम मानिसहरुमा बीमा प्रतिखासै आकर्षण छैन । बैंक वित्तीय संस्थाहरुले सार्वजनिक गरेका कतिपय पोलिसी बीमालाई मात खुवाने खालका छन् । बैंकमा पैसा जम्मा गरेको ५/६ वर्षमै दोब्बर हुने स्किमले कतिपय व्यक्तिहरुलाई आकर्षित गरिरहेको छ । त्यसमा पनि बैंकहरुले दुर्घटना बीमाको सुविधा दिएर बीमाको अवधारणालाई नै चुनौती दिन थालेका छन् ।

प्रथम बीमा शुल्क आर्जन

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट देखिन्छ । सबैभन्दा ठुलो गिरावट गुराँस लाइफमा मात्रै ५४ प्रतिशत भन्दा धेरै छ । त्यस्तै यूनियन लाइफको प्रथम बीमा शुल्क आर्जन ४७ प्रतिशतले घटेको छ ।

जीवन बीमा व्यवसायमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्दै आएको नेपाल लाइफको पनि यस वर्ष २१.६७ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा तीन अर्ब तीन करोड रुपैयाँ आर्जन गरेको छ । साविक ज्योति लाइफ र सूर्या लाइफ मर्जर भएर बनेको सूर्यज्योति लाइफको पनि २५ प्रतिशतले व्यवसायमा गिरावट देखिन्छ । यसमा साविकका दुबै कम्पनीको गत वर्षको यहि अवधिको प्रथम बीमा शुल्क आर्जनलाई जोडेर तुलना गरिएको हो । मर्जर पछि प्रथम बीमा शुल्क आर्जन तर्फ सूर्यज्योति लाइफ तेस्रो स्थानमा उक्लिएको छ ।

नविकरण बीमा शुल्क आर्जन

नविकरण बीमा शुल्क आर्जन गत वर्षको तुलनामा १४.८७ प्रतिशतले बढेको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरु सबैभन्दा धेरै नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित भएको देखिन्छ । प्रथम बीमा शुल्क आर्जनमा गिरावट आए सँगै कम्पनीहरु नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित हुन थालेका हुन् ।

समिक्षा अवधिमा नविकरण बीमा शुल्क आर्जन तर्फ सबैभन्दा धेरै सुधार महालक्ष्मी लाइफ ६५.२७ प्रतिशतले सुधार देखिन्छ । यद्यपी नविकरण बीमा शुल्क आर्जन तर्फको सूचीमा सबैभन्दा पुच्छारमा छ । कम्पनीले ६३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ ।

सबैभन्दा ठुलो रकम नेपाल लाइफको १८ अर्ब ६१ करोड रुपैयाँ छ । बृद्धिदर भने जम्मा ८ प्रतिशत मात्रै छ । दोस्रो धेरै एलआइसी नेपालको ८ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफले पनि ३० प्रतिशतले बढाएर ६ अर्ब ९९ करोड रुपैयाँ आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानको ६ अर्ब ८ करोड रुपैयाँ छ ।

कुल बीमा शुल्क आर्जन

जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २.५७ प्रतिशतले मात्रै बृद्धि भएको छ । कुल तर्फ पनि ६ वटा कम्पनीको गिरावट देखिन्छ । समिक्षा अवधिमा यूनियन लाइफको ५.८३ प्रतिशत, मेट लाइफ ६.०५ प्रतिशत, प्राइम लाइफ ११.२५ प्रतिशत, सन नेपाल ४.३२ प्रतिशत, रिलायबल नेपाल ९.६६ प्रतिशत र गुराँस लाइफको ४.९३ प्रतिशतले गिरावट देखिन्छ ।

मर्जरका क्रममा रहेका बीमा कम्पनीको व्यवसायमा ठुलो असर परेको देखिन्छ । बृद्धिदरका हिसावले सबैभन्दा धेरै आइएमई लाइफको २२ प्रतिशत रहेको छ भने नेशनल लाइफको १३.७५ प्रतिशत छ । कुल तर्फ सबैभन्दा धेरै नेपाल लाइफकै २१ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा जम्मा २.६६ प्रतिशत मात्रै सुधार देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

75%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS