Connect IPS
IME Life

सर्भर डाउन पछि अभिकर्ताको विवरण अध्यावधिक गर्ने अवधि एक साता थपिदै, एक लाख ३ हजारले बुझाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सम्पुर्ण बीमा कम्पनीले एकै पटक अभिकर्ताहरुको विवरण अपलोड गर्न खोज्दा सर्भर नै डाउन भएको छ । बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको नागरिकता, एसएलसी वा सो भन्दा माथिको लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड इन्ट्री गरिरहेका छन् ।

प्राधिकरणले कम्पनीहरुलाई आजसम्म विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । अभिकर्ताको विवरण आइआरएमआइएस प्रणालीमा इन्ट्री गर्न बीमा कम्पनीका सम्पुर्ण शाखा कार्यालयलाई एक्सेस दिइएको छ । आज अन्तिम दिन सबै शाखाले प्रणाली प्रयोग गर्दा लोड धान्न नसकेर सर्भर डाउन भएको नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक तथा अभिकर्ता विभागका प्रमुख सम्भु प्रसाद मिश्रले जानकारी दिए । उनले भने ‘सबैले एकै पटक प्रयोग गर्दा सर्भरमा समस्या आए पछि मेन्टेनेन्सको काम भइरहेको छ ।’

Prabhu
Crest

प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले एक लाख ३ हजार जनाको विवरण अध्यावधिक गरिसकेका छन् । अजै धेरै अभिकर्ताहरुको विवरण अध्यावधिक गर्न बाँकी रहेकोले एक साताको समय थप्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । तर अहिलेसम्म निर्णय भने भइसकेको छैन ।

आगामी चैतमा बीमा अभिकर्ताले लाइसेन्स नविकरण गर्नु पर्ने व्यवस्था रहेको छ । बीमा ऐन २०७९ मा एउटा अभिकर्ता एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरेका कारण प्राधिकरणले यहि व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणालीको विकास गरेको छ । यसैका लागि पहिलो चरणमा बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको विवरण प्रणालीमा इन्ट्रि गर्न निर्देशन दिएको हो ।

जसमा प्यान कार्ड सहित अन्य विवरणहरु पनि पेश गर्न भनिएको छ । अभिकर्ताको प्यान नम्बरका आधारमा एक भन्दा बढी बीमा कम्पनीमा लाइसेन्स लिए नलिएको पत्ता लगाइनेछ । यदि कुनै अभिकर्ताले दोहोरो लाइसेन्स लिएको पाइयो भने आगामी चैत महिनामा नविकरण गर्ने क्रममा एउटा मात्रै कम्पनीको नविकरण हुनेछ । अव प्रणालीले नै दोहोरो अभिकर्ताको व्यवस्थालाई नियन्त्रण गर्नेछ ।

यसका लागि प्राधिकरणले बीमा कम्पनीहरुलाई छिटो भन्दा छिटो विवरण पेश गर्न निर्देशन दिएको हो । डुब्लिकसेन पत्ता लगाएर कुनै एउटा कम्पनी छनोट गर्ने व्यवस्थालाई एकै पटक नियन्त्रण गर्न पनि एक महिना अगाडी विवरण अध्यावधिक गर्न निर्देशन दिइएको हो । यदि यो समयमा विवरण पेश नभएमा दोहोरो अभिकर्ता लाइसेन्स जारी हुन सक्ने प्राधिकरणको डर छ । सुरुमा एक पटक तथ्याङ्क इन्ट्रि गर्न गाह्रो भए पनि अहिले लाइसेन्स लिएका अभिकर्ताले अर्को कुनै कम्पनीको लाइसेन्स लिन खोजेमा सजिलै पाउने छैनन् । यसका लागि पहिला लिएको लाइसेन्स खारेज गरेर मात्रै पाउने छन् । अव नविकरण हुने अभिकर्ता लाइसेन्सको अवधि तीन वर्षको हुनेछ ।

अभिकर्ता नविकरणका लागि ६५ हजारले बुझाए कागजात, फागुन १५ गतेसम्म विवरण नबुझाउनेको नविकरण नहुने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

11%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS