IME Life

वित्तीय क्षेत्रमा जीवन बीमा कम्पनीहरु शक्तिशाली बन्दै : ५ खर्ब ८६ अर्बको कोष व्यवस्थापक

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी, जगेडा कोष, जीवन बीमा कोष, प्राकृतिक प्रकोष कोषमा हरेक वर्ष बढोत्तरी भइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुको यस्तो कोष ५ खर्ब ८६ अर्ब रुपैयाँले नाघेको छ । यो कोष नेपालको बजेटको ३७.८३ प्रतिशत हुन आउछ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएर १५ खर्ब ४९ अर्ब कायम गरेका छन् ।

बढ्दो कोष सँगै जीवन बीमा बीमा कम्पनीहरु नेपाली वित्तीय बजारमा शक्तिशाली बन्दै गइरहेका छन् । आजको दिनमा बाणिज्य बैंकहरुको पूँजी कोष ५ खर्ब ९८ अर्ब हाराहारीको छ । जसमा चुक्ता पूँजी ३ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा एक खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै विद्यमान जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ४९ अर्ब ३३ करोड पुगेको छ । बाणिज्य बैंक र जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजीको अन्तर धेरै छ । बाणिज्य बैंकको न्युनतम चुक्ता पूँजी ८ अर्ब हुनु पर्छ भने जीवन बीमा कम्पनीहरुले अवका दिनमा ५ अर्ब पुर्याउनु पर्नेछ । जीवन बीमा कम्पनीको जगेडा कोषमा १५ अर्ब २४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै महाविपत्ती जगेडा कोषमा ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

यस बाहेक बीमा कम्पनीहरु सँग बीमितहरुबाट संकलन गरिएको बीमा शुल्कको कोष जीवन बीमा कोषमा ५ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले आम नेपालीबाट ४७ खर्ब १७ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको देखिन्छ । निक्षेप चलायमान हुन्छ । सर्वसाधारणले आज बैंकमा जम्मा गरेको रकम भोलि नै झिक्न पाउछन् । जुन आफैमा अस्थिर रकम हो ।

तर बीमा कम्पनीहरु सँग यस्तो कोष छ, जुन निश्चित समय अवधिका लागि सुरक्षित रहन्छ । यस्तो कोष आजका दिनमा ५ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । यो रकम पनि बैंक वित्तीय संस्थाकै ठुलो स्रोत हो । बीमा कम्पनीहरुले आफु सँग भएको कोषको ८० प्रतिशत भन्दा बढि रकम बैंक वित्तीय संस्थामै निक्षेपको रुपमा जम्मा गरेर राखेका हुन्छन् ।

स्रोत परिचालनका हिसावले अवको केहि वर्षमा बीमा क्षेत्रले बैंकिङ क्षेत्रलाई उछिन्नेछ । यदि बीमा कम्पनीहरुले आफ्नो लगानीलाई बैंकिङ क्षेत्रबाट बाहिर लैजान थाले भने बैंकहरुको ठुलो स्रोत गुम्नेछ । त्यसैले बैंक र बीमा आफैमा अन्तर निर्भर छन् । बीमाको बजार विस्तार हुँदै जाने हो र सम्पुर्ण नेपालीहरुमा बीमा पुग्ने हो भने बैंक भन्दा बीमा सबैभन्दा ठुलो र शक्तिशाली वित्तीय क्षेत्र बन्नेछ ।

सर्वाधिक ठुलो जीवन बीमा कोष नेपाल लाइफको रहेको छ । नेपाल लाइफको मात्रै एक खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुको सम्पुर्ण कोषको तुलनामा नेपाल लाइफ एक्लैको २७.३३ प्रतिशत हिस्सा रहेको छ ।

दोस्रो ठुलो कोष एलआइसी नेपालको छ । एलआइसी नेपालको जीवन बीमा कोषमा एक खर्ब एक अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ७ करोड रुपैयाँ छ । चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुर्याइसकेको छ ।

तेस्रो ठुलो कोष नेशनल लाइफ सँग छ । कम्पनी सँग चुक्ता पूँजी ४ अर्ब ६४ करोड, जगेडा कोष २६ करोड ६५ लाख, जीवन बीमा कोष ५६ अर्ब १५ करोड र प्राकृतिक प्रकोप कोषमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । यसरी तीन वटा कम्पनी सँग मात्रै जीवन बीमा क्षेत्रको ५५ प्रतिशत कोष रहेको छ ।

सबैभन्दा पुरानो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान सँग जीवन बीमा कोष ४५ अर्ब रुपैयाँ रहेको छ । पुरानो बीमा कम्पनी एशियन लाइफ सँग चुक्ता पूँजी २ अर्ब ९० करोड, जगेडा कोष ५३ करोड, जीवन बीमा कोष ३४ अर्ब ८० करोड र प्राकृतिक प्रकोप कोषमा १७ करोड रुपैयाँ रहेको छ ।

मर्जर पछिको सूर्यज्योति लाइफको चुक्ता पूँजी ४ अर्ब ५४ करोड, जगेडा कोष २ अर्ब ५८ करोड, जीवन बीमा कोष २३ अर्ब ६ करोड, प्राकृतिक प्रकोप कोषमा ३५ करोड रुपैयाँ रहेको छ । यस बाहेक पुरानो बीमा कम्पनी मेट लाइफ सँग जगेडा कोषमा २ अर्ब ७५ करोड, जीवन बीमा कोष २१ अर्ब ८७ करोड रहेको छ ।

पुरानै बीमा कम्पनी प्राइम लाइफ सँग चुक्त पूँजी ३ अर्ब १४ करोड, जगेडा कोषमा २९ करोड, जीवन बीमा कोष २० अर्ब ७६ करोड रहेको छ । मर्जरको प्रकृयाँमा रहेका प्राइम, गुराँस र युनियनको सफल मर्जर पश्चात बन्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ४७ अर्ब ६६ करोड पुग्नेछ । समग्र कोष तर्फ हेर्ने हो भने मर्जर पछि ९.६६ प्रतिशत हिस्सा रहनेछ । यस पछि कम्पनी बन्ने कम्पनी चौथो ठुलो हुनेछ । अन्य कम्पनीको हिस्सा एकदमै कमजोर देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS