IME Life
Beema Board

सानिमा र रिलायन्स लाइफको साधारण सभा सम्पन्न, मर्जरको विशेष प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सानिमा लाइफले धुम्बाराही स्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा साधारण सभा सम्पन्न गरेको हो । रिलायन्स लाइफले नक्साल स्थित लिसारा रिसेप्सनमा साधारण सभा सम्पन्न गरेको हो । यी दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

यी दुबै कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने साधारण प्रस्ताव पारित गरेका छन् ।

Prabhu
Crest

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बन्ने विशेष प्रस्ताव पारित गरेका छन् । यी दुई संस्था १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

साधारण सभामा मर्जर सम्बन्धि हालसम्म भएका काम कारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेका छन् ।

सभाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तीम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता नियुक्ति तथा निज प्रदान गर्ने पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरेका छन् ।

त्यसैगरी एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारण सभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेका छन् ।

सभाले प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS