IME Life

जीवन बीमा कम्पनीले ६ महिनाको मुनाफाबाट कर्मचारीका लागि छुट्याए ३४ करोड १५ लाख बोनस, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ६ महिनाको मुनाफाबाट कर्मचारीका लागि ३४ करोड १५ लाख रुपैयाँ बोनस छुट्टाएका छन् । जीवन बीमा कम्पनीहरुले गत वर्षको यहि अवधिमा १८ करोड ७१ लाख रुपैयाँ छुट्टाएका थिए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले खुद मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अधविमा कम्पनीहरुले एक अर्ब ६२ करोड रुपैयाँ मात्रै आर्जन गरेका थिए । यस सँगै कम्पनीका कर्मचारीको बोनस रकममा पनि सुधार आएको हो ।

Prabhu
Crest

नियम अनुसार कर्मचारीहरुले खुद मुनाफाको १० प्रतिशत रकम बोनस प्राप्त गर्ने गर्दछन् । कर्मचारीहरुलाई प्रोत्साहन गर्न बोनस ऐन अनुसार नै मुनाफाबाट बोनस रकम दिइन्छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा धेरै बोनस रकम नेपाल लाइफले ५ करोड ९५ लाख रुपैयाँ छुट्टाएको छ । त्यस्तै दोस्रो धेरै बोनस रकम सन नेपाल लाइफले तीन करोड ९३ लाख रुपैयाँ छुट्ट्याएर राखेको छ ।

यस अवधिमा अन्य बीमा कम्पनीहरु क्रमश राष्ट्रिय बीमा संस्थान ८ लाख, नेशनल लाइफ २ करोड ९० लाख, एलआइसी नेपाल एक करोड ५३ लाख, एशियन लाइफ २ करोड १३ लाख, गुराँस लाइफ एक करोड २८ लाख, प्राइम लाइफ एक करोड ९४ लाख, आइएमई लाइफ एक करोड ३१ लाख, यूनियन लाइफ एक करोड ५ लाख, रिलायन्स लाइफ एक करोड ८५ लाख, रिलायबल नेपाल २ करोड २० लाख, सिटिजन लाइफ एक करोड ३४ लाख, सानिमा लाइफ एक करोड २९ लाख, प्रभु लाइफ एक करोड ४३ लाख, महालक्ष्मी लाइफ ८० लाख, सूर्यज्योति लाइफले ३ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS