IME Life
Beema Board

विद्यालयको पाठ्यक्रममा बीमा समावेश गर्न नगरपालिकाले पहल गर्नेछः नगरपालिका प्रमुख कोइराला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेश, लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिए ।

Prabhu
Crest

प्रमुख कोइरालाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरु पनि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी के.सी. ले नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई समेत समावेश गरिने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS