IME Life
Beema Board

आजदेखि राष्ट्र बैंकको २ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्रीमा, ब्याजदर कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन १० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८४ क बिक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ११ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ ।

व्याजको भुक्तानी ६र६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

Prabhu
Crest

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ। फागुन १० देखि ३० गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने आगामी चैत ६ गतेका लागि तोकिएको छ ।

बैंकले २०८४ चैत ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS