IME Life

नेशनल लाइफ ३६ औं वर्षमा प्रवेश, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता 

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा ३६ वर्ष अगाडी अर्थात २०४४ फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो । सुरुमा जीवन र निर्जीवन दुबै प्रकृतिको व्यवसाय गरेको नेशनल लाइफले २०६१ सालदेखि जीवन बीमा व्यवसाय मात्रै गर्दै आइरहेको छ ।

कम्पनीले स्थापनाकालदेखि २०७९ पुस मसान्तसम्ममा कुल ८५ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा कम्पनीले ३८ लाख ६० हजार बीमा लेखा जारी रहेको छ । कम्पनीले हालसम्म २९ अर्ब ६० करोड बराबरको दाबी भुक्तानी गरिसकेको छ ।

Prabhu
Crest

कम्पनीमा नेपाली संस्थापकको ४५.४३ प्रतिशत लगानी रहेको छ भने विदेशी लगानीकर्ताको १.११ प्रतिशत लगानी छ । विदेशी लगानीकर्ताले १० प्रतिशतको लगानीलाई १.११ प्रतिशतमा झारेको हो । राष्ट्रिय बाणिज्य बैंकको पनि ८.४६ प्रतिशत शेयर हिस्सा रहेको छ । सर्वसाधारण समुहको शेयर हिस्सा ४५ प्रतिशत छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रिय कार्यालय सहित सम्पुर्ण प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आजै देशभरका बालवालिका तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम गरिरहेको छ । कम्पनीका २७ वटा शाखा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए ।

यहि अवसरमा कम्पनीले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो । खेलकुदमा विजेता कर्मचारीहरुलाई यहि शुक्रवार पुरस्कार वितरण कार्यक्रम आयोजना गर्दैछ ।

कम्पनीले सञ्चालनको ३६ औ वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पुर्ण ग्राहकवर्ग, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।

जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल नेशनल लाइफले अहिलेसम्मको छापलाई निरन्तरता दिदै अझै प्रविधिमैत्री बनाउदै लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । जसरी पनि बीमितलाई उत्कृष्ठ सेवा सुविधा दिने कम्पनीको कार्ययोजना रहेको उनले जानकारि दिए ।

समग्र जीवन जीवन बीमा क्षेत्रमा मन्दी आउदा नेशनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ । फ्युचर बोनस प्रोभिजनिङका कारण अन्य कम्पनीको बोनसदरमा लगातार गिरावट आउदा नेशनल लाइफको भने बढिरहेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो बोनसदर अनुसार न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको छ ।

कम्पनीले मर्जर तथा हकप्रद शेयर निष्काशन नगरी प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउने अन्तिम प्रयासमा छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन बाँकी भएकाले सजिलै ५ अर्ब पुर्याउन सक्ने देखिन्छ । यस सँगै कम्पनी मर्जर नगरी आफैमा बलियो कम्पनीको रुपमा स्थापित भएको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब १५ करोड रुपैयाँ जम्मा भइसकेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले शेयरधनी तथा बीमित दुबैलाई उल्लेख्य प्रतिफल दिदै आएको छ । कम्पनीले शेयरधनीलाई हरेक वर्ष आकर्षक लाभांश दिदै आएको छ । विगत एक दशकको अवधिमा कम्पनीले वितरण गरेको लाभांश हेर्ने हो भने अधिकतम ७२.५ प्रतिशतसम्म लाभांश दिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS