IME Life
Beema Board

गुराँस लाइफले समयमा एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा तीन कम्पनीको एकिकृत कारोबार अन्योलमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमा एक्चुरियल मूल्याङ्कन सहित लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा एकिकृत कारोबार अन्योलमा परेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर पछि आगामी २०८० बैशाख एक गते नयाँ वर्षको दिन पारेर एकिकृत कारोबार गर्ने घोषणा गरेका थिए ।

तर अहिलेसम्म पनि गुराँस लाइफले आर्थिक वर्ष २०७७/७८ को एक्चुरियल मूल्याङ्कन सम्पन्न गर्न सकेको छैन । तीन कम्पनीहरु विच यस आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने सहमति भएको थियो । सोहि सहमति अनुसार प्राइम र युनियन लाइफले लाभांश घोषणा गरिकन पारित गरिसकेका छन् । पुर्वसहमति अनुसार गुराँस लाइफले ८ प्रतिशत लाभांश दिने सहमति भएको थियो । लाभांश दिन सबैभन्दा पहिला कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्छ ।

Prabhu
Crest

अझै पनि लेखापरीक्षण प्रतिवेदन तयार नभइसकेको हुँदा तोकिएको समयमा एकिकृत कारोबार गर्न धेरै गाह्रो पर्ने देखिन्छ । एक्चुरियल मूल्याङ्कन तयार पारे पछि प्राधिकरणले स्वीकृत गर्नु पर्छ । प्राधिकरणले तिव्र गतिमा स्वीकृत गर्दा पनि केहि समय लाग्नेछ । त्यस पछि एक्चुरियल मूल्याङ्कन पछि लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्नेछ । यसका लागि पनि केहि समय लाग्नेछ ।

अर्को तर्फ कम्पनीले लाभांश घोषणा गरेर साधारणसभा आह्वान गर्नु पर्नेछ । यसो गर्दा कम्पनीलाई धौ धौ पर्ने जानकारीहरु बताउछन् । यदि कम्पनीले चैत मसान्त भन्दा केहि समय अगाडी साधारणसभा गर्न भ्यायो भने मात्रै एकिकृत कारोबार सम्भव हुनेछ ।

तीन बीमा कम्पनीले गत माघ एक गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तीन वटा कम्पनीलाई मिलाएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नामाकारण गर्ने सहमति भइसकेको छ । तीन वटा कम्पनीले कर्मचारीहरुको संख्या घटाउन भिआरएस लागु गर्दैछ । अन्तिम सहमति पछि दुई कम्पनीले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । तर गुराँसले गर्न भ्याएको छैन । गुराँसले समयमा काम सम्पन्न गर्यो भने एकिकृत कारोबार नजिकिनेछ अन्यथा ढिला हुनेछ ।

गुराँस लाइफको एक्चुरियल मूल्याङ्कनदेखि लिएर लेखापरीक्षण प्रतिवेदनमा समेत नेपाल बीमा प्राधिकरणले यस अगाडी कम्परमाइज गरेको थियो । सोहि क्रममा कतिपय विषयवस्तु वाहिरिएका पनि थिए । संयुक्त कारोबारका लागि अन्य आन्तरिक तयारमा भने खासै ठुलो प्रगति देखिदैन । यदि पुर्वनिर्धारित तालिका अनुसार कारोबार गर्ने हो भने द्रुत गतिमा कारोबार गर्नु पर्नेछ । यदि बैशाख एक गते एकिकृत कारोबार गर्न सम्भव भयो भने कम्पनीले तोकिएको चुक्ता पूँजी समयमै जुटाउनेछ । प्राधिकरणले यहि चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS