IME Life

नयाँ लघु बीमा कम्पनीलाई ४५ दिन भित्र पूँजी जुटाउन प्राधिकरणको निर्देशन, तीन अर्ब ६७ करोड चाहिने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ७ लघु बीमा कम्पनीहरुलाई संस्थापक समुह तर्फको पूँजी जुटाउन निर्देशन दिएको छ । प्राधिकरणले फागुन पहिलो साता सम्पुर्ण कम्पनीहरुलाई आगामी ४५ दिन भित्र तोकिएको पूँजी जुटाउन निर्देशन दिएको हो । कम्पनीहरुले बुझाएको प्रवन्धपत्र नियमावलीलाई अध्ययन गरेर प्राधिकरणले पूँजी जुटाउन निर्देशन दिएको एक अधिकारीले जानकारी दिए ।

कम्पनीहरुले संस्थापक समुह तर्फको ७० प्रतिशत पूँजी जुटाउनु पर्नेछ । पूँजी जुटाउदा शेयरधनीहरुले कर चुक्ता गरिएको र स्रोत खुल्ने रकमलाई मात्रै लगानी गर्न पाउने छन् । लघु बीमा कम्पनी स्थापनाका लागि पेश गरिएको प्रवन्धपत्र अनुसार कम्पनीहरुले पूँजी जम्मा गर्नु पर्नेछ । लघु बीमा कम्पनीका लागि न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । यहि पूँजीको न्युनतम ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ विद्यमान संस्थापकहरुले जुटाउनु पर्नेछ । यस हिसावले संस्थापक शेयरधनीहरुले ७ वटा कम्पनीका लागि तीन अर्ब ६७ करोड रुपैयाँ जम्मा गर्दै छन् । यसको अधिकाम्स रकम शेयर बजारबाटै बाहिरिनेछ । प्रायः कम्पनीका संस्थापकहरु बैंक वित्तीय क्षेत्रकै लगानीकर्ता छन् । कर कट्टा गरिएको र स्रोत खुल्ने रकम लगानी गर्नु पर्ने भएकाले उनिहरुले दोस्रो बजारबाट शेयर बिक्री गर्ने छन् ।

Prabhu
Crest

यदि ४५ दिन भित्रमा तोकिएको पूँजी जम्मा गर्न सकेमा कम्पनीले लाइसेन्स पाउने छन् । आधाभुत पूँजी जम्मा गरिसके पछि प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालका  लागि आवस्यक पुर्वाधारण तयार पार्न निर्देशन दिनेछ । तोकिएको अवधि भित्र पुर्वाधार तयार पारिसके पछि लघु बीमा व्यवसाय सुरु गर्ने छन् ।

प्राधिकरणले मंसिर ११ गते चार निर्जीवन लघु बीमा कम्पनी र तीन वटा जीवन लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको थियो । प्राधिकरणले लाइसेन्स पाएका ७ कम्पनीलाई ३५ दिन भित्रमा प्रवन्धपत्र नियमावली तयार पारि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न निर्देशन दिएको थियो । सातवटैले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर नियमावली र प्रवन्धपत्र प्राधिकरणमा पेश गरिसकेका छन् ।

प्राधिकरणले लघु जीवन बीमा कम्पनी तर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफलाई लाइसेन्स दिएको छ । त्यस्तै लघु निर्जीवन बीमा कम्पनी तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोएक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको छ ।

केहि कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी आह्वान समेत गरिसकेका छन् । त्यस्तै कतिपयमा आवस्यक जनशक्ति व्यवस्थापनको काम सुरु भइसकेको छ । कम्पनीको केन्द्रिय कार्यालयमा आफ्ना मान्छे भर्ति गर्नेदेखि लिएर बीमा प्राधिकरण तथा शक्तिशाली व्यक्तिहरुको आफ्ना मान्छे व्यवस्थापन गर्नेसम्मका काम सुरु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS