IME Life
Beema Board

हकप्रद प्रति लचिलो बन्न खोज्दै बीमा प्राधिकरण, ५ कम्पनी हकप्रदका लागि दाउ खोज्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरुको हकप्रद शेयर निष्काशन प्रति चलिलो हुने संकेत देखिएको छ । कतिपय बीमा कम्पनीहरुले मर्जरको सहमति नगरी बीमा प्राधिकरण समक्ष हकप्रद शेयर निष्काशनको लविङ गरिरहेका छन् ।

अन्य कम्पनीहरु सँग मर्जरको प्रयास गर्दा सफल हुन नसकेको भन्दै उनिहरुले हकप्रद शेयर निष्काशन गर्न दिनु पर्ने माग गर्दै आइरहेका छन् । अर्को तर्फ संस्थापक लगानीकर्ताको संरचना अनुसार प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न दिने मनस्थिति बनाएको छ ।

Prabhu
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाइफ एक्लैको ५० प्रतिशत लगानी रहेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको २ प्रतिशत लगानी रहेको छ । यसले गर्दा एनलजीलाई मर्जर गराउने भन्दा पनि हकप्रद शेयर निष्काशन गर्न दिएर पूँजी जुटाउन दिने प्रयासमा प्राधिकरण रहेको छ ।

एनएलजीको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ मात्रै छ । कम्पनीलाई अझै एक अर्ब १८ करोड रुपैयाँ पूँजी आवस्यक पर्नेछ । एनएलजीले प्राधिकरण समक्ष हकप्रद शेयर निष्काशन गर्न दिनु पर्ने लिविङ गर्दै आएको छ । त्यसैले एनएलजीले मर्जरको कुनै प्रयासै गरेको छैन । कुनै एक सन्दर्भमा अध्यक्ष सिलवालले नै कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिनु पर्ने अवस्था रहेको बताएका छन् ।

एनएलजी सँगै मर्जर भाडिए पछि नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गरेर पूँजी जुटाउने योजना बनाएको छ । नेपाल बैंककै १५ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल इन्स्योरेन्समा आइएमई समुहको पनि १५ प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ । त्यसमा पनि नेपाल इन्स्योरेन्सको भौतिक सम्पत्ती घर जग्गा धेरै भएकाले स्वाप रेसियो मिल्न धेरै गाह्रो छ । यहि हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ‍४८ करोड रुपैयाँ छ । कम्पनीलाई कम्तिमा पनि एक अर्ब २ करोड आवस्यक पर्नेछ । यसका लागि कम्पनीले मर्जरको बाटो रोज्ने भन्दा पनि हकप्रद शेयर निष्काशनको बाटो रोज्ने देखिन्छ ।

अजोड इन्स्योरेन्स सँग मर्जर भाडिए पछि प्रभु इन्स्योरेन्स जोडि खोज्ने भन्दा पनि हकप्रदको दाउ कुरेर बसेको छ । कम्पनीले प्राधिकरण सँग मर्जर भाडिएको भन्दै हकप्रद शेयर निष्काशनको लविङ गरिरहेको छ । हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ । साढे दुई अर्ब पुर्याउन कम्पनीलाई एक अर्ब २२ करोड रुपैया आवस्यक पर्नेछ ।

निर्जीवन तर्फ नेको इन्स्योरेन्स कम्पनीले पनि हकप्रद शेयर निष्काशन नगरी पूँजी पुर्याउन सक्ने देखिदेन । हाल कम्पनीको २ अर्ब एक करोड चुक्तापूँजी रहेको छ । कम्पनीलाई ४९ करोड रुपैयाँ पूँजी आवस्यक पर्नेछ । बोनस शेयर मार्फत जुटाउने हो भने पनि चालु आर्थिक वर्षको मुनाफाबाट मात्रै सम्भव छ ।

जीवन तर्फ एलआइसी नेपाललाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइसकेको छ । कम्पनीले विशेष साधारणसभाबाट चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । अहिले प्रस्तावित हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी ५ अर्ब पुग्नेछ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि हकप्रदबाटै पूँजी जुटाउने दाउ खोजिरहेको छ । कम्पनीले प्राधिकरण समक्ष ४० देखि ४५ प्रतिशतको हाराहारीमा हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । मर्जर सम्पन्न गरिसकेको सूर्यज्योति लाइफलाले पनि ५ अर्ब पुर्याउन हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यता छ । प्राधिकरणले मर्जर पश्चात हकप्रद शेयर निष्काशनमा कुनै पनि विपति राखेको छैन । त्यस्तै मर्जर सफल भइसकेका सानिमा जिआइसी र हिमालयन एभरेष्टले पनि न्युनतम चुक्ता पूँजी जुटाउन पुन हकप्रद शेयर जारी गर्नु पर्ने बाध्यता रहेको छ ।

हाल प्रभु र महालक्ष्मी, सानिमा लाइफ र रिलायन्स लाइफ, गुराँस, प्राइम र युनियन लाइफ मर्जर प्रकृयाँमा छन् । त्यस्तै निर्जीवन तर्फ अजोड र युनाइटेड, सगरमाथा र लुम्बिनी, सिद्धार्थ र प्रिमियर, आइएमई जनरल र प्रुडेन्सियलले मर्जरको सहमति गरेर आवस्यक प्रकृया अगाडी बढाइरहेका छन् ।

कुनै समय अजोड इन्स्योरेन्स हकप्रद शेयरको घोषणा गर्नु अगाडी हकप्रद शेयरको सूचना बाहिर चुहाएर भित्रि कारोबार गरेको भन्दै चौतर्फी विरोध भए पछि बीमा प्राधिकरणले लहडमा हकप्रद शेयर निष्काशनमा रोक लगाएको थियो । प्राधिकरणको तत्कालिन समयको अडानले अहिले हकप्रद शेयरमा प्राधिकरणको ढुलमुले नीति बन्न पुगेको छ । नीतिगत व्यवस्थालाई मनलाग्दी निर्देशन गरिदिदा कम्पनीहरु अप्ठ्यारोमा परेका छन् । तर प्राधिकरणले सबै कम्पनीहरुलाई समान रुपमा नीतिगत व्यवहार गर्नु पर्छ । ताँकी कहिले हकप्रदमा एकदमै कडाइ गरेर मर्जरका लागि दवाव दिने र कहिले त्यतिकै हकप्रद खुला गरिदिएर चलखेल गर्ने वातावरण बनाउनु हुँदैन ।

यहि चैत मसान्तमा बीमा कम्पनीहरुको क्यापिटल प्लानको योजना समाप्त हुँदैछ । क्यापिटल प्यान को अवधि सकिदै गर्दा प्राधिकरणले फोर्स मर्जरको नीति लिने भन्दा पनि केहि समयका अवधि थप गर्न सक्ने आकलन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

8%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS