SKIP THIS

GBIME
IME Life
Beema Board

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई नियुक्त गरेको हो । सञ्चालक समितिले २२ आवेदकहरु मध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै अन्तत गुरुङलाई चयन गरेको हो ।

सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव थिए ।

Prabhu
Crest

सीईओ पदका लागि २२ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा परेकाहरुलाई शनिवार अन्तर्वार्ता लिइएको थियो । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि रिक्त रहेको सीर्इओ पदका लागि १ महिनाअघि दरखास्त आह्वान गरेको थियो ।

गुरुङ सिभिल बैंक छाडेर म्यानमार सिटिजन बैंकको सिइओ पदमा नियुक्त भएका थिए । उनि उक्त बैंकको जागिर छाडेर नेपाल फर्किएका थिए । गुरुङको आवेदन पर्ने वित्तीकै कृषि विकास बैंकको सिइओको बाजी गुरुङले नै मार्ने आकलन गरिएको थियो ।

गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । लमजुङमा जन्मिएका गुरुङ गीत संगीत क्षेत्रमा सक्रिय छन् । सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । र, त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS