IME Life
Beema Board

चार लघुवित्तले मागे धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेका छन् । किसान लघुवित्त, जाल्पा लघुवित्त, साधना लघुवित्त र सिभिल लघुवित्तले कर्मचारीको माग गरेका हुन् । किसान लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय, अधिकृत र सहायक केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदका लागि लघुवित्तले एसइई तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ ।

त्यसैगरी संस्थाले कार्यालय सहायकका लागि एक जना माग गरेको हो । उक्त पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो भने अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु पास देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले ग्रामिण क्षेत्रमा काम गर्न ईच्छुकहरुलाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन पदनुपर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS