IME Life
Beema Board

प्राधिकरणको दाबी भुक्तानी वर्ष असफल, मुश्किलले ४ प्रतिशत बृद्धि हुँदा कुनले कति गरे ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यस वषलार्ई दाबी भुक्तानी वर्ष मनाइरहेको छ । बीमा प्राधिकरणले यस वर्षलाई दाबी भुक्तानी वर्षको रुपमा घोषणा गरिरहदा बीमा कम्पनीहरुको दाबी भुक्तानी भने सामान्य रुपमा बृद्धि भएको देखिएको छ । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कम्पनीहरुको दाबी भुक्तानी ४ प्रतिशतले मात्रै बृद्धि भएको देखिएको हो । यस हिसाले हेर्दा प्राधिकरणको दाबी भुक्तानी वर्ष असफल नै देखिन्छ ।

पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३५ करोड ३६ लाख १६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २ करोड १० लाख ६२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४ प्रतिशतले बृद्धि भएको अर्थात यी कम्पनीहरुले गत वर्षको तुलनामा ४ प्रतिशत रकम बढी तिरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४४ करोड ५९ लाख रुपैयाँ दाबी तिरेको छ । गत वर्षको तुलनामा कम्पनीले यस अवधिमा ५ प्रतिशत दाबी बढी तिरेको हो । शिखर इन्स्योरेन्सले यस अवधिमा ४२ करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको गत वर्षको तुलनामा दाबी भुक्तानी ६ प्रतिशतले बढी हो ।

Prabhu
Crest

त्यस्तै। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २४ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्रिमियर इन्स्योरेन्सले २२ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यूनाइटेड इन्स्योरेन्सले १७ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अजोड इन्स्योरेन्सले १५ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यसैगरी नेपाल इन्स्योरेन्सले ११ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सानिमा जिआइसीले ७ करोड ९०लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । राष्ट्रिय बीमा कम्पनीले३ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

पाँच कम्पनीको दाबी भुक्तानी घट्यो
यस अवधिसम्ममा पाँच कम्पनीको दाबी भुक्तानी घटेको छ । यस अवधिमा नेको इन्स्योरेन्सले ३६ करोड २३ लाख दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीले यस अवधिमा ७ प्रतिशत कम दाबी भुक्तानी गरेको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा दाबी ८ प्रतिशतले कम भुक्तानी गरेको हो । कम्पनीले यस अवधिमा ३० करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा १ प्रतिशत दाबी कम तिरेको देखिएको छ । यस अवधिमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले यस अवधिमा १८ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २४ प्रतिशतले कम तिरेको हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले यस अवधिमा १२ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ७ प्रतिशतले कम हो । यस अवधिमा प्रभु इन्स्योरेन्सको पनि दाबी भुक्तानी घटेको छ । यस अवधिमा कम्पनीले १० करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ९ प्रतिशतले कम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS