SKIP THIS

GBIME
IME Life
Beema Board

ब्रोकरको शाखा कार्यालयको लागि न्युनतम चुक्ता पूँजी एक करोड ५० लाख, यस्तो छ निर्देशिका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धितोपत्र दलाल व्यवसायी ‘ब्रोकर कार्यालय’ले शाखा कार्यालय खोल्दा प्रति शाखा न्युनतम एक करोड ५० लाख रुपैयाँका दरले चुक्ता पूँजी कायम गर्नु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ब्रोकर कार्यालयले शाखा कार्यालय खोल्नु परेमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्नेछ । एउटा ब्रोकर कार्यालयले एक पटकमा एउटा मात्रै शाखा कार्यालय खोल्नका लागि निवेदन दिनु पर्ने भएको छ । धितोपत्र बोर्डले निवेदकलाई आवस्यक कागजपत्र जुटाएको १५ दिन भित्रमा अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

बोर्डले शाखा कार्यालय खोल्न अनुमति दिएको तीन महिना भित्रमा सञ्चालन गरिसक्नु पर्ने निर्देशिकामा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा कार्यालय स्थापना गरिसके पछि मात्रै उपत्यका भित्र एउटा शाखा कार्यालय खोल्न पाइने बोर्डले जनाएको छ ।

चुक्ता पूँजी भन्दा बढि नेटवर्थ भएका ब्रोकर कार्यालयले मात्रै शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको छ । शाखा कार्यालयले गरेका सम्पुर्ण जिम्मेवारी केन्द्रिय कार्यालयले लिनु पर्ने निर्देशिकामा व्यवस्था छ ।

3DFPslPxqsW5d4kb7zfAFjlRhP1R7HRK259vYl5N

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS