IME Life
Beema Board

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ सहित ५ जना सर्टलिस्टिङमा, कसले मार्ला बाजी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने मध्येबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको छ । बिहीबार साँझ बसेको बैंक संचालक समिति बैठकले ५ जना सर्ट लिष्ट गरेको हो । बैंकले गरेको सर्टलिष्टको पहिलो नम्बरमा सिभिल बैंकका पुर्व अध्यक्ष गोविन्द गरुङको नाम पहिलो नम्बरमा रहेको छ ।

सर्टलिष्टमा पर्नेमा कृषि विकास बैंकबाटै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने रहेका छन् । हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव पनि सर्टलिष्टमा परेका छन् ।

Prabhu
Crest

सीईओ पदका लागि २२ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा परेकाहरुको भोलि (शनिवार) अन्तरवार्ता रहेको छ । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि रिक्त रहेको सीर्इओ पदका लागि १ महिनाअघि दरखास्त आह्वान गरेको थियो ।

गुरुङ सिभिल बैंक छाडेर म्यानमार सिटिजन बैंकको सिइओ पदमा नियुक्त भएका थिए । उनि उक्त बैंकको जागिर छाडेर नेपाल फर्किसकेका छन् । कृषि विकास बैंकमा उनको आवेदन पर्ने वित्तीकै कृषि विकास बैंकको सिइओमा गुरुङ नै हुने आकलन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS