IME Life
Beema Board

लुम्बिनी जनरलका सिइओ एन.पि प्रधानको वार्षिक तलब भत्ता सुविधा ५६ लाख ९८ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि प्रधानको वार्षिक तलब, भत्ता, दशै खर्च, सञ्चित विदा, बोनस सहित ५६ लाख ९८ हजार रुपैयाँ रहेको छ । प्रधानले तलब भत्ता बापत ४५ लाख ५५ हजार रुपैयाँ बुझेका छन् । उनले नियम अनुसार कर्मचारी बोनस बापत ११ लाख ४८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा प्रधानले वार्षिक तलब भत्ता बापत ४३ लाख ३६ हजार रुपैयाँ र नियम अनुसार कर्मचारी बोनस बापत १५ लाख ४८ हजार रुपैयाँ प्राप्त गरेका छन् । मुनाफा घटे सँगै कर्मचारी बोनस घट्दा उनले अघिल्लो आर्थिक वर्षको तुलनामा २ लाख ११ हजारले सेवा सुविधामा कमि आएको छ । उनले अघिल्लो आर्थिक वर्षमा कुल ५९ लाख २५ हजार रुपैयाँ बराबरको तलब भत्ता र बोनस सहितको सुविधा प्राप्त गरेका थिए ।

Prabhu
Crest

उच्च व्यवस्थापन तहका २६ जना कर्मचारीहरुले भने गत आर्थिक वर्षमा ४ करोड २९ लाख रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले यहि फागुन ११ गते १८ औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीले शेयरधनीहरुका लागि ६.९९ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँको ६.९९ प्रतिशत अर्थात ९ करोड १७ लाख बराबरको बोनस शेयर शेयरधनीले प्राप्त गर्दैछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS