SKIP THIS

GBIME
IME Life
Beema Board

शेयर बजार डिप्रेस मुडमा, २१ अंकको गिरावटमा एक अर्ब ६८ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार डिप्रेस मुडमा देखिन थालेको छ । दोस्रो बजारको कारोबार रकम र सूचक हेर्दा लगानीकर्तामा उत्साह छैन । शेयर बजारमा लगातारको गिरावट सँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । माघ महिनामा निक्षेप १३ अर्बले बढ्दा कर्जा विस्तार जम्मा ३.३८ अर्ब मात्रै छ । बजारमा कर्जाको माग छैन । अर्को तर्फ तरलता थपिइरहदा पनि बैंकिङ तरलता अझै सुधारको अवस्थामा देखिदैन ।

राजनीतिक संक्रमण र अन्योलता कामयै छ । यसले गर्दा लगानीकर्तामा उत्साह छैन । अर्थतन्त्र कसरी अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ । राजनीतिक कार्यदिशा निर्यौल नहुँदासम्म शेयर बजारमा सुधार हुने देखिदैन ।

Prabhu
Crest

ब्लुचिप भनिएका कम्पनीको शेयर मूल्यमा पनि लगातार गिरावट आइरहेको छ । यसै क्रममा ठुला लगानीकर्ताको लगानी फस्दै जान थालेको छ । अधिक मूल्यका कम्पनीको शेयर मूल्य तल झर्दा साना भन्दा पनि ठुला लगानीकर्ता बढि प्रभावित हुने गर्छन् । यसले गर्दा लगानीकर्ताले अनुमान गरे भन्दा शेयर बजार उल्टो दिशामा अगाडी बढिरहेको छ ।

आज साताको अन्तिम कारोबारकै दिन नेप्से सूचक २१.१५ अंकले घटेको छ । नेप्से सूचक १.०१ प्रतिशतले घटेर २०७०.४१ अंकमा झरेको छ । आज १९७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १५ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन्छ । सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् । सर्वाधिक धेरै उत्पादन तथा प्रशोधनमुलक सूचकमा १.९३ प्रतिशतले गिरावट आएको छ । सूचकमा गिरावट सँगै कारोबार रकम पनि एक अर्ब ६८ करोड रुपैयाँमा सिमित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS