IME Life
Beema Board

लुम्बिनी जनरलले प्रदान गर्यो १० जना विद्यार्थीलाई छात्रबृत्ति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरेको हो ।

उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे ।

Prabhu
Crest

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS