IME Life
Beema Board

संयुक्त कारोबारको घोषणा सँगै सिभिल बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले यहि फागुन १२ गतेदेखि संयुक्त कारोबार गर्ने भएका छन् । संयुक्त कारोबारको घोषणा सँगै मर्जर प्रयोजनका लागि आगामी फागुन १४ गतेदेखि सिभिल बैंकको शेयर कारोबार रोक्का गरिएको छ ।

दुई बैंकलाई नेपाल राष्ट्र बैंकले गत माघ १७ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै धितोपत्र बोर्डले माघ २३ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २ गते सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्त गर्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । सबैले अन्तिम स्वीकृति प्रदान गरे सँगै दुई बैंकले यहि फागुन १२ गते शुक्रवारदेखि एकिकृत कारोबार गर्ने भएका हुन् ।

Prabhu
Crest

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ को उपदफा २ बमोजिम एकीकृत कारोबार पश्चात लक्षित संस्थाको शेयर मिलान धितोपत्र पुन दर्ता, धितोपत्र अभौतिकरण तथा सूचिकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्यदिन अर्थात चैत २ गतेसम्मका लागि सिभिल बैंकको शेयर कारोबार रोक्का गरिएको हो ।

1676451668331

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS