IME Life
Beema Board

बीमा ऐन २०७९ को प्रथम संशोधनको विधेयक संसदमा दर्ता, दफा ६९ र ७० लाई परिमार्जन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा ऐन २०७९ को प्रथम संशोधनको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सम्पत्ती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केहि ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ अन्तर्गत बीमा ऐन २०७९ पनि रहेको छ ।

बीमा ऐन २०७९ को दफा ६९ को उपदफा (३) मा रहेको “प्राधिकरण तथा नेपाल राष्ट्र बैंकलाई” भन्ने शब्दहरुको सट्टा “वित्तीय जानकारी इकाईलाई” भन्ने शब्दहरु राखिएका छन् । त्यस्तै दफा ७० अन्तर्गतको व्यवसाथालाई हटाएर ‘७०. बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्ने’ राखिएको छ । यसको उपदफा (१) मा बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणको स्वीकृति लिइ नियुक्त गरेको बीमाङ्कीद्धरा आफ्नो आर्थिक स्थिति, सम्पत्ती, दायित्व तथा वित्तीय स्थितिको मूल्याङ्कन गराउनु पर्नेछ । भनेर थपिएको छ ।

Prabhu
Crest

त्यस्तै उपदफा (२) अन्तर्गत ‘उपदफा (१) बमोजिमको बीमाङ्कीले दिएको मूल्याङ्कन प्रतिवेदनको एक प्रति सम्बन्धित बीमकले प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ ।’ भनिएको छ । त्यस्तै उपदफा (३) बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । भनेर थपिएको छ । बीमा ऐन २०७९ मा धेरै वटा प्राविधिक त्रुटी रहेका छन् । तर अन्य त्रुटीहरु भने विधेयकमा समेटिएका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS